वडा स्तरमा ‘मिसन पार्टी जागरण’ तथा समृद्धि चित्र निर्माण अभियान सुरु

वडा स्तरमा ‘मिसन पार्टी जागरण’ तथा समृद्धि चित्र निर्माण अभियान सुरु

इलाम — नेकपा (एमाले) फाकफोकथुम गाउँपालिका–४ कमिटीको आयोजनामा राष्ट्रव्यापी ‘मिसन पार्टी जागरण’ तथा समृद्धि चित्र निर्माण अभियान सुरु भएको छ।

२०८३ असोज १६ गते सम्पन्न कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य राजकुमार थापा, जिल्ला तथा पालिका कमिटीका पदाधिकारी, वडा तथा टोल कमिटीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य जनतासँगको सम्बन्ध थप सुदृढ गर्दै पार्टीप्रति जनताको विश्वास पुनःस्थापित गर्ने र जनताका समस्या तथा आवश्यकताहरू संकलन गरी ‘समृद्धि चित्र’ निर्माण गर्ने रहेको वडा कमिटी अध्यक्ष अम्बरबहादुर लिम्बुले जानकारी दिनुभयो।

अभियानअन्तर्गत टोल–टोलमा पुगेर स्थानीय जनताका समस्या, आवश्यकता र सुझाव संकलन गरिने आयोजकले जनाएको छ।

कार्यक्रम पार्टी सचिव ढाका मगरले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम फाकफोकथुम–४ स्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भएको हो।

प्रतिक्रिया:

सम्बन्धित खवर