राजनीति

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छुः योगेश भट्टराई
४ असार, काठमाण्डौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाउनुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गर्नुभयो । नेता भट्टराईले माधव..

सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गर्ने जसपा (उपेन्द्र समुह)को निर्णय
३ असार, काठमाण्डौँ । । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको बताईएको छ..

सर्वाेच्चलाई राष्ट्रपति र प्रधानमन्त्रीको जवाफ ‘न्यायपालिकाले प्रधानमन्त्री नियुक्ति गर्न मिल्दैन’
३ असार, काठमाण्डौँ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च सर्वाेच्च अदालतलाई प्रतिनिधि सभा विघटनसम्बन्धी लिखित जवाफ पेश गर्नुभएको छ । सारमा दुवैको जवाफ उस्तै खालको देखिन्छ । जसमा प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको जिकिर गरिएको छ । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाउँदा पाँचौं बुँदामा स्पष्टसँग ‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन’ भन्नुभएको छ । जवाफमा भनिएको छ, ‘अदालत आफैले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका..

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने
२ असार, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो..

दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’
२ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको छ । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गर्नुभएको हो । आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो । प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा..

कर्णाली प्रदेश सरकार जोगाउन माधव नेपाल समुहका ४ सांसद सक्रिय
१ असार, काठमाण्डौँ । कर्णाली प्रदेश सरकार जोगाउन पुनर्बहाली भएका नेकपा एमालेका चार सांसद सक्रिय भएका छन् । उनीहरु संसदीय दलको बैठकमा समेत अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन एमाले संसदिय दलको तर्फबाट पत्राचार गरिएको थियो । बैठकका लागि आमन्त्रण पत्रको..

एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय
३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक विभाजन रोकेर एकताको रसायन निर्माणमा बामदेव गौतम सबैभन्दा सक्रिय देखिनुभएको छ । उहाँले एकता पक्षधर नेताहरुसँग नियमित भेटघाट बढाउनुभएको छ । गौतम निवास भैंसेपाटीमा एकता पक्षधर नेताहरुको आवतजावत बाक्लो हुन थालेको छ । गौतमसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियमित छलफल गर्दै..

कोटेश्वसमा माधव नेपाल, देउवा र प्रचण्डबीच भेटवार्ता
३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताईएको छ । आज साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

नरोत्तम बैद्य विरुद्ध मुद्दा दर्ता
३१ जेष्ठ, काठमाण्डौँ । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्य विरुद्ध आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका छन् । एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उहाँले..

जसपालाई निर्वाचन आयोगको जवाफः कारवाही कानूनसम्मत देखिएन
३० जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आज फैसला सुनाएको छ । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी..