राजनीति
एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछः प्रधानमन्त्री ओली
२९ असार, काठमाण्डौँ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । सर्वाेच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् । सूर्यको प्रकाशलाई कसैले पनि छेक्न..
सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै
२९ असार, काठमाण्डौँ । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बसिरहेको छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजेबाट सुरु भएको नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन । सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।..
राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ
२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।
मन्त्री छान्न कांग्रेसका पौडेल समुह र सिटौला समुह आन्तरीक छलफलमा
२९ असार, काठमाण्डौँ । काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वाेच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेका छन् । आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफलका लागि नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो । सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चन्डोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास..
माओवादीबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई
२९ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताईएको छ । बैठकमा सहभागि एक नेताका अनुसार सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ । त्यसपछि मन्त्री तोक्न अर्काे स्थायी कमिटीको बैठक बोलाउने, नभए अध्यक्षले नै टुंगो लगाउने..
विपक्षी गठबन्धनको बैठक सकियो, एमाले माधव समुह गठबन्धनमा अब नरहने
२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्यो । बैठकमा सर्वाेच्चको निर्णयपछिको समिक्षा गर्दै भावी कदमबारे छलफल भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताउनुभयो । कोटेश्वर बैठकमा ओलीविरोधी गठबन्धनले खुशियाली मनाएको बुझिएको छ । नेताहरु निकै दंग रहेर छलफलमा भाग लिएको बुझिएको छ । बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र..
इलाममा प्रधानन्यायाधीशको पुत्ला दहन
२८ असार, इलाम । सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा आज प्रर्दशन भएको छ । सर्वाेच्च अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले विरोध प्रर्दशन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेका छन् । नेकपा एमाले इलामको पार्टी कार्यलयवाट सुरुको युवा विद्यार्थीको प्रर्दशनले चोक वजारमा आएर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पछि भएको कोणसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य..
विपक्षी गठबन्धनको बैठक नेपाल निवास कोटेश्वरमा बस्दै
२८ असार, काठमाण्डौँ । सर्वोच्चको निर्णयसंगै विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भने विपक्षी गठबन्धनको बैठक बस्ने तय गरिएको हो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष..
सरकार गठनबारे गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्छुः शेरबहादुर देउवा
२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उहाँले बताउनुभयो । संसद विघटनलाई बदर गरेको सर्वाेच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमाआदेश सकेत दिएको छ । यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले भन्नुभयो–‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’ सरकार गठनबारे..
आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो बनायोः प्रचण्ड
२८ असार, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभएको छ । संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वाेच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको पनि उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ–‘आजको फैसलाले नेपाल र नेपाली जनताको जित भयो । अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ । संविधानको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७