२१ असार, काठमाण्डौँ । नेकपा एमालेको कार्यदल पुनः ब्यूँतिएको छ । एकता जोगाउन गठित कार्यदलको बैठक आज बेलुका सिंहदरबारमा बस्ने जनाईएको छ ।
कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक हुनुहुन्छ भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।
जेष्ठ २ गते गठित कार्यदलको बैठक जेष्ठ ६ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई जेष्ठ १२ मा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।
तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।