नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने

नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने


२४ असार, काठमाण्डौँ । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान माधवसमुहले राखेपछि एमालेमा नयाँ तरङ आएको छ । यो अडानका कारण वार्ता टोलीका नेताहरु छुट्टाछुट्टै औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।

हिजो राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ नेता नेपालले आफ्नो बटमलाइन प्रष्ट पार्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी माग्नुभएको बुझिएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्तामा सहभागी दोस्रो तहका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार नेपालले अध्यक्ष माग्नुभएको छ ।

उहाँले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने माग गर्नुभएको छ ।

तर ओली निकट स्रोतले भन्यो– माधव कमरेडको विधि पद्धति भनेको आफूलाई विधानमै नभएको दोस्रो अध्यक्ष र बराबरी हिस्सेदारी रहेछ । यो दुनियाँ हसाउने कुरा हो । उहाँलाई मिल्नै मन छैन, कार्यदलमा भएका साथीहरुले अब के निर्णय गर्छन् भन्ने हो, उहाँले वार्तामा बस्दा समेत विभिन्न एजेन्सीका मान्छेहरुसँग परामर्श गरिरहनुभएको छ ।

ओलीले विपक्षी गठबन्धन छाडेको घोषणा गर्नुपर्ने कुरालाईमात्र शर्तका रुपमा अघि सारेको तर पार्टीलाई विधि विधानअनुसार संस्थागत निर्णयका आधारमा चलाउने कुरामा चासो नदिएको नेपाल पक्षको आरोप छ । आफू तल पर्ने अवस्था आएपछि ओलीले वार्तालाई दाउपेचको रुपमा लिएको र माधव नेपालले पद मागेको भनेर गलत हल्ला चलाएको नेपाल निकट स्रोतले जनाएको छ ।

कार्यदलमा रहेका नेताहरुले भने जेठ २ मा फर्काएर पार्टीलाई अघि बढाउने सन्दर्भमा सहमति नजिक पुगे पनि पावर शेयरिङको विषय ओली र नेपाल दुईजनाबीच समझदारी भएमात्र सम्भव रहेको बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर