समाचार
प्रधनमन्त्री ओलीद्धारा महिन्दा राजपाक्ष र एसएलपीपीलाई बधाई
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उहाँको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको बहुमतलाई लिएर बधाई दिनुभएको छ । ओलीले हिजो राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई तथा कार्यकालको लागि पनि शुभकामना दिनुभएको हो । दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । दुई..
शिवशताक्षी नगरपालिका भित्रका साप्ताहिक हाट बजार बन्द
२१ श्रावण, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ । कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको हिजो बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार आजदेखि बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २..
चरनबाट खसी चोर्ने चार युवा धरानबाट पक्राउ
१९ श्रावण, सुनसरी । खसी चोरेर लजादैँ गरेको अवस्थामा सुनसरीको धरानबाट ४ जना युवा पत्राउ परेका छन् । पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका–११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैँचा नगरपालिका–७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका–९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई वटा खसीहरु चरनबाट चोरी गरेर टेम्पोमा हालेर लगेको सूचनाको..
रोङ गाउँपालिकाको मुख्य बजार ‘कुटिडाँडा’ र ‘जोरकलश’ बन्द गर्ने निर्णय
१९ श्रावण, इलाम । झापा र भारतसंग सिमा जोडिएको इलामको रोङ गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आफ्ना मुख्य बजार क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । रोङ ३ को कुटिडाँडा र रोङ ४ को जोरकलश बजार अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कोरोना जोखिम बढेको कारण होटल तथा पसलहरु बन्द गरिएको बताइएको छ । त्यसैगरी गाउँपालिकाले स्वास्थ्य शुरक्षाका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने भएको छ ।..
श्रीअन्तुको होम–स्टे, कटेज र होटलले श्रावण महिनाभरि पाहुना नराख्ने
१९ श्रावण, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दैगएपछि इलामको श्रीअन्तुमा संचालित होम–स्टेहरुले अब घरमा पाहुना नराख्ने भएका छन् । भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा श्रावण महिनाभरी आगन्तुकलाई नराख्ने निर्णय गरेको हो । अहिले पनि सुर्योदय नगरपालिकाको अन्तु क्षेत्रमा पर्यटकको चहलपहल भइरहेको छ । यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका..
मेचीराजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम अलपत्र, बाटो भत्कन थाल्यो
१८ श्रावण, इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम अलपत्र पर्दा मेचीराजमार्गमा क्षति पुग्न थालेको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नाला(ड्रेन)मा फाइबर बिच्छ्याउने काम अलपत्र पर्दा बर्खायामको समयमा राजमार्गमै क्षति पुग्न थालेको हो । मेचीराजमार्गको नालामा अप्टिकल फाइबर बिच्छ्याएर पहाडी जिल्लामा जोडने काम अलपत्र परको हो । दक्षिण कोरियाको कम्पनीले गर्दै आएको काम लकडाउन भएसँगै काम छोडेर सम्पर्क विहिन भएको छ ।..
झापामा मास्क नलगाई हिँड्ने १५ हजार सर्वसाधारणलाई कारवाही
१७ श्रावण, झापा । सरकारले कोरोना संक्रमणबाट बच्च सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन भने पनि झापामा भने मास्क नलगाई बाटोमा हिँड्ने क्रम बढेको छ । कोरोना संक्रमण रोक्ने एकमात्र उपाय मास्क भएको भन्दै गृह मन्त्रालयले मास्क नलगाउने विरुद्ध कडा कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । कोभिड–१९ संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले मातहतका निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै..
कार्यसम्पादनमा शतप्रतिशत परिणाम निकाल्न गृहमन्त्री थापाको निर्देशन
१६ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग आज भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई उहाँले निर्देशन दिनुभयो । ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री..
बीपी प्रतिष्ठान हाता भित्र लकडाउन घोषणा
१४ श्रावण, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छः ‘प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने छ ।’ प्रतिष्ठानमा आवास र..
अविरल वर्षाका कारण पहिरो खस्दा कोशी लोकमार्ग अवरुद्ध
१४ श्रावण, धनकुटा । केही दिन देखी जारी अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खस्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ । कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुुुुटा नगरपालिका–६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नाै स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो । विहानै देखी अवरुद्ध सडक खुलाउन स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि केही समय लाग्ने सशस्त्र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७