कारागारबाट भागेका दुई सहित ४ फरार प्रतिवादी २० वर्षपछि पक्राउ

भदौ १२, कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका(६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका(३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका(४ बस्ने..

काेराेनाका कारण कमल गाउँपालिकामा एक जनाकाे मृत्यु

१२ भदाै, झापा । झापाको कमल गाउँपालिकामा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । काेराेनाका कारण कमल स्थित केरखा बजारका ८३ बर्षिय बृद्धकाे मृत्यु भएकाे हाे । बृद्धकाे उपचारका क्रममा आज बिहान ४ बजे धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कमल गाउँपालिकामा पहिलो पटक कोरोनाका कारण निधन भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले पनि पुष्टि गर्नुभएको छ । उनमा सुगर,..

रेलमार्गको ठेक्का योजनामा खुलेआम भ्रष्टाचार हुने भयोः राजेन्द्र लिङ्देन

११ भाद्र, काठमाण्डौँ । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक विछ्याउनका लागि ठेक्का लगाउँदैछ । तर आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा र रुख कटानको प्रक्रिया सुरु नगर्दै ठेक्का लाउने सरकारी कदमको स्वयम जनप्रतिनिधिद्धारा नै विरोदाभाष सुरु भएको छ । यसमा झापा क्षेत्र नम्बर ३ का संघिय सांसद राजेन्द्र लिङ्देनले..

सामूहिक प्रयासमा कोरोना महामारी नियन्त्रण सम्भव छः स्वास्थ्यमन्त्री ढकाल

११ भाद्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे बुधवार मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गर्नुभएको छ । मन्त्री ढकालले सबैको प्रयासले नै कोरोना महामारीको नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला..

गोरु काटेको निहुँमा झापामा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

१० भाद्र, झापा । झापाको झापा गाउँपालिकामा आज साँझ प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेर गम्भिर घाईते भएका आलमको उपचारका क्रममा बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला..

झापाको अर्जुनधारामा एक किशोरीमाथी जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ

१० भाद्र, झापा । झापाको अर्जुनधारा नगरपालिकामा हिजो साँझ एक किशोरीमाथी जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ परेका छन् । शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती करणी गरेका थिए । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरेको युवतीले बताएकी छिन् । अर्जुनधारा–३ स्थित शिविर घर भएकी..

शितल निवासमा नयाँ सुरक्षा सल्लाहकार आउँदै

१० भाद्र, काठमाण्डौँ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले शितल निवासबाट पनि अवकाश पाउनु भएको छ । थापाको अवकाशपछि रिक्त पदमा यहि भाद्र १५ गते अवकाश हुन लागेका दुई तारे जर्नेल राजेन्द्र कार्कीलाई लैजाने तयारी रहेको छ । म्याद र लेफ्टिनेन्ट जर्नेलको एउटा दरवन्दी नथपिने भएपछि कार्कीको अवकाश पक्का भएको हो । यसअघि एकतारे हुँदा उहाँ एक बर्ष शीतल निवासमा समेत खटिएर लुम्बिनी जानुभएको थियो ।..

प्राधिकरणको निर्देशकमा घिसिङले निरन्तरता पाउँने सम्भावना न्यूनः प्रधानमन्त्री नै असन्तुष्ट

१० भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउँने सम्भावना न्यून रहेको स्रोतले बताएको छ । घिसिङको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन स्वयम नै असन्तुष्ट रहेको स्रोत बताउँछ । उच्च स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट हुनुहुन्छ । उहाँ लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषयमा बालुवाटारमा समेत..

सुनसरीमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

९ भाद्र, सुनसरी । सुनसरीको जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न ठाउँको प्रहरी कार्यालयहरूमा रहेका २१ जना थुनुवा गरी सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका थुनुवाहरू कोशी गाउँपालिकाका ५ जना, देवानगञ्ज गाउँपालिकाका ३ जना, गढी गाउँपालिकाका १ जना, इटहरी उपमहानगरका २ जना, भोक्राहाका ६ जना, इनरुवाका १ जना र बराहाक्षेत्र नगरपालिकाका ३ जना गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले..

चुलाचुलीबाट गाँजा सहित दुई जना युवा पक्राउ

९ भाद्र, इलाम । इलामको चुलाचुलीबाट गाँजा सहित दुई जना युवा पक्राउ परेका छन् । करीव २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका बर्ष १७ का र बर्ष १९ का दुई युवकलाई चुलाचुली–५ र दमक ३ को सिमा क्षेत्र जिरो प्वाइन्टबाट सशस्त्र प्रहरी वेस क्याम्प चुलाचुलीका ईन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कानुनी कारवाहीका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको ईन्चार्ज..