निर्वाचनमा हुने खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड

१२ श्रावण, काठमाण्डौँ । निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको भन्दै आगामि निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले यस अघिको निर्वाचनमा मतदाताको नामावली दोहोरिने, स्थानीय तहको निर्वाचनमा अधिकांश..

इलामको माइखोलामा फेला परेको वेवारिसे शवको सनाखत

१० श्रावण, इलाम । इलामको माइखोलामा हिजो(शुक्रवार) विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका–८ स्थित माईखोलामा मृत फेला परेका व्यक्ति इलाम नगरपालिका–५ का ३० वर्षीय सुमन खत्री भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभयो । हिजो विहान करिब साढे १० बजे माईखोला नामसालिङ जाने पक्की पुल नजिक खोलामा खत्रीको शव..

सशस्त्र प्रहरीको गोली लागि घाइते युवकको मृत्यु

८ श्रावण, सुनसरी । भारतसँग सिमा जोडिएको सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्र प्रहरी र स्थानीय विचको झडपमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका–७ घुस्कीस्थित दशगजा नजिक गत श्रावण २ गते सशस्त्र प्रहरी सँगको झडपमा गोली लागेर घाईते भएका स्थानीय २१ बर्षीय साहवाज मियाँको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अन्सारीका..

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आधा बजेट खर्च हुन सकेन

६ श्रावण, झापा । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले आ.व. २०७६/०७७ का लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । तीव्र गतिमा काम हुने समयमा विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनका कारण योजनाहरु प्रभावित भएकोले बजेट खर्च हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा चार..

तटबन्ध भत्काएर कन्काई नदी बस्ती छिर्यो, १ सय ५ घर डुबानमा

६ श्रावण, झापा । लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले झापा गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । हिजो दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय..

पूर्वी पहाडका विद्युत उत्पादनमा समस्या

६ श्रावण, इलाम । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको..

झापामा यौनजन्य अपराधमा कमी

५ श्रावण, झापा । झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना बाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १७४ यौनजन्य अपराधका घटना घटे पनि आर्थिक वर्ष २०७६/०७७ मा १२६ वटा मात्रै यौनजन्य अपराधका घटना घटेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जबर्जस्ती करणीका..

इलामको रोङ–६ मा पहिरो जादा एक घर पुरियो

५ श्रावण, इलाम/रोङ । अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका वडा नं. ६ मा पहिरो जादा एक घर पुरिएको छ । आज विहान ९ बजे तिर झरेको पहिरोले स्थानिय डिकबहादुर राईको घर तथा गोठ पुरिएको छ । राईको घरमा केही महिना अघि देखी झापा मेचीनगरका बलबहादुर मगर र उनकी श्रीमती बस्दै आएका थिए । उनिहरु खाना खान बाहिरको किचेनमा निस्किएको बेला माथिबाट पहिरो खसेकाले मानविय क्षती भने नभएको बताईएको छ..

दमकमा धिमाल संग्रहालय निर्माण, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास(फोटो फिचर)

५ श्रावण, झापा । नेपालको पुर्वी क्षेत्रमा मात्र बसोवास रहेको धिमाल जातिको सांस्कृती झल्कने धिमाल संस्कृतिक संग्रहालय दमकमा निर्माण भएकोे छ । यस धिमाल संस्कृतिक संग्रहालयले दमकको पर्यटन क्षेत्रमा उल्लेख्य सहयोग पुर्याउने नगरपालिकाको विश्वास छ । लोपन्मोख अवस्थामा रहेको धिमाल समुदायको मैलिक बाजागाजा, हातहतियार तथा संस्कृतीलाई संरक्षण गर्दे आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न दमक नगरपालिका लागि परेको छ । दमक–९ मा रहेको धिमाल संस्कृति संग्रहालयमा सानो आकारको पोखरी, गणेश तथा हनुमानका..

झापामा अपराधिक घटनामा कमी आयो

५ श्रावण, झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । तुलनात्क रुपमा अघिल्लो अर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा अपराधिक घटनाको संख्यामा कमी आएको जिल्ला प्रहरी कार्यालउ झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/७६ मा घटेर एक हजार ४ सय ६४ वटा मात्र मुद्दा..