इलाममा पनि समुदाय स्तरमा फैलियो कोरोना संक्रमण

इलाममा पनि समुदाय स्तरमा फैलियो कोरोना संक्रमण


६ भाद्र, इलाम । जिल्ला स्वास्थ्य कार्यालय इलामले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको जनाएको छ । कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले सन्दकपुर गाउँपालिकामा देखिएको संक्रमणबाट समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बताउनुभयो ।

क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षाकर्मी हुँदै समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुन थालेको बताईएको छ ।

शुक्रवारमात्र सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्रावण तेस्रो साता त्यहाँका ५० जनाको पिसिआर परीक्षण गर्दा एक जनप्रतिनिधिसहित स्थानीय जलविद्युत आयोजनाका तीन कर्मचारीमा कोरोना देखिएको थियो । त्यसपछि २७ र पुनः १ सय २७ स्थानीयको स्वाब संकलन गरी पठाइएकोमा शुक्रबार चार जनामा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा यसअघि संक्रमित भएका जलविद्युतका कर्मचारीका परिवार र वडा नं. ३ का अर्का युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर