
३ भाद्र, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने युवा जेल चलान भएका छन् ।
खुकुरी प्रहार गर्ने केराबारी–१० का ३४ वर्षीय भवन ठकुरीलाई जिल्ला अदालत मोरङको आदेशपछि विराटनगरस्थित मोरङ कारागार चलान गरिएको श्रेस्तेदार युवराज पौडेलले जानकारी दिनुभयो ।
जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश मंगलबार गरेको थियो ।
गाउँपालिकाले लगाउने पटके करको ठेक्का नपाएको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि श्रावण २ गते गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षमै चक्कु र खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७