कंञ्चनजंघा सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

कंञ्चनजंघा सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न


६ भाद्र, इलाम । इलामको चुलाचली ५ स्थित कंञ्चनजंघा सामुदायिक वनको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
चपेटी स्थित सामुदायिक वनको सुनाखरी सभाहलमा सम्पन्न भएको साधारणसभामा गत आर्थिक बर्ष २०७६/७७ को आय–व्यय प्रस्तुत गरिएको थियो ।
सामुदायिक वनका अध्यक्ष नविनकुमार राईले बार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वनको मुख्य आयश्रोतको क्षेत्रहरु खर विक्रि, वाँस विक्रि, दाउरा–घाँस विक्रि र अनुदानबाट गत आर्थिक बर्षमा जम्मा रु एक लाख ८६ हजार रुपैँया संकलन भएको थियो ।

त्यसमा जम्मा रु एक लाख ८० हजार रुपैँया खर्च भएको बताईएको छ । खर्चको क्षेत्रहरुमा वन विकाश तर्फ २५ प्रतिशत, गरिवि न्यूनिकरण तर्फ ३५ प्रतिशत, कार्ययोजना निर्माण, समिती अनुमोदन, बैंकखाता संञ्चालन र कृषि कार्यक्रममा अन्य खर्च भएको जनाईएको छ ।

अध्यक्ष राईले चालू आर्थिक बर्ष २०७७/७८ का लागि रु तीन लाख २० हजार रुपैँयाको लक्ष्य निर्धारण गरेको बताउनुभएको छ ।

साधारणसभामा चुलाचुली ५ का वडाध्यक्ष चन्द्रकुमार थापा, वडा सदस्य धनबहादुर राई, समाजसेवी व्रतकुमार राई लगायत करिव ९० प्रतिशत उपोभोक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर