राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

३ भाद्र, काठमाण्डौँ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।

दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर