चुलाचुलीको चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाउने निर्णय

चुलाचुलीको चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाउने निर्णय


४ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ ले वडा प्रवेशमा रोक लगाएको छ । झापाको दमक नगरपालिकासंग सिमा जोडिएको चुलाचुली–५ ले छिमेकी स्थानिय तहमा संक्रमण दर बढे संगै प्रवेशमा रोक लगाएको हो ।

विशेषगरी चुलाचुली–५ को पर्यटकीय क्षेत्र चपेटी र अन्धाराजा धार्मिक क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरीक पर्यटकहरुको प्रवेश भईरहेको हुँनाले अत्यावश्यक काम वाहेक अन्य कामका लागि वडा प्रवेशमा रोक लगाईएको वडा नं. ५ का वडाध्यक्ष चन्द्रकुमार थापाले बताउनुभयो । दमकमा संक्रमण दर अत्याधिक फैलिरहेकाले आफुहरुले पनि वडामा सतर्कता अपनाएको उहाँको भनाई छ ।

चुलाचुली–५ को देउरालीमा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, वडाध्यक्ष चन्द्रकुमार थापा, वडासदस्य धनबहादुर राई, टोलविकाश संस्थाका प्रतिनिधीहरु लगायत स्थानियहरुको उपस्थितमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

वडाका मुख्य नाकाहरुमा स्थानिय स्वयसेवक र सशस्त्र प्रहरी परिचालन गरिने बताईको छ । त्यस्तै चुलाचुली–५ भित्रका होटलव्यवसाय पनि पुर्णरुपमा बन्द गराईने छ ।

यता चुलाचुली गाउँपालिका विपद् व्यवस्थापन समितीको आज बसेको बैठकले कोरोना संक्रमणबाट शुरक्षीत रहन भन्दै पालिकामा सचेतना फैलाउने निर्णय गरेको छ । छिमेकी स्थानियतहहरुमा संक्रमण दर अत्याधिक बढीरहेको भन्दै चुलाचुलीमा सचेतनामुक पोस्टरहरु वितरण गर्ने, टास्ने निर्णय भएको वडा नं. ५ का अध्यक्ष चन्द्रकुमार थााले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर