८ भाद्र, सुनसरी । प्रदेश–१ मा आज ६४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् ।
मोरङमा २९ जना, सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ जना र प्रदेश–१ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।
मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको छ ।त्यस्तै सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष र इटहरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
यता झापाको बार्हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश–१ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।