समाचार
गौरीगञ्जको अस्थाई प्रहरी पोष्ट माथि भारतीयको आक्रमण, दुई प्रहरी जवान घाईते
४ श्रावण, झापा । झापाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रस्थित गौरीगञ्ज–५ स्थित डाँगीटोलामा रहेको शसस्त्र प्रहरीको पोष्ट माथि भारतीय अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमणमा परि दुई जना प्रहरी जवान घाईते भएका छन् । नेपाल– भारत सीमा क्षेत्रको शसस्त्र प्रहरी पोष्ट माथि हिजो राति ९ वजे तिर भारतबाट घरेलु हतियारी सहित आएका ४०/५० जनाको एक समुहले आक्रमण गर्दा प्रहरी जवान घाईते भएका हुन् । घाईते ती प्रहरी जवानको शरीरमा चोटपटक..
राजमार्गमा उभेको राँगासँग मोटरसाइकल ठोक्किदा झापामा एक जनाको मृत्यु
४ श्रावण, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ केर्खास्थित सडकखण्डमा गएराती राँगासँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ का २७ बर्षिय प्रदीप लम्साल रहेका छन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउका धर्मेन्द्र सुबेदी समेत गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिको छ । हिजो (शनिवार) राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै..
करोडौँ रुपैँया ठगीको आरोपमा झापा दमकका एक व्यापारी पक्राउ
२ श्रवाण, झापा । ठगीको आरोपमा झापा दमकका एक जना व्यापारी काठमाडाँैमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौँको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने दमक–६ का चन्दन जिन्दललाई पक्राउ गरेको हो । जिन्दलले झापा, बारा, पर्सा र सर्लाही चार जिल्लाका २२ जना व्यापारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । जिन्दलले दमकमा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने..
केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि छुराप्रहार
२ श्रवण, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज छुराप्रहार भएको छ । छुराप्रहारबाट शक्त घाइते भएका कार्कीको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विरातनगरमा उपचार भइरहेको जनाईएको छ । हाल उनी खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषीराज ढकालले जानकारी दिनुभएको छ । अध्यक्ष कार्कीलाई विहान ११ बजेको समयमा केराबारी–१० का भाले भनिने भुवन ठकुरीले चक्कु प्रहार गरेका थिए । घटनामा संलग्न ठकुरीले २०७६÷०७७ को असार..
झापाको अर्जुनधारामा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु
१ श्रवाण, झापा । झापाको अर्जुनधारा नगरपालिका–११ मा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आज प्रबिन मुर्मुका छोरा ऋषि मुर्मुलाई आफन्तले फेला पारेका हुन् प्रहरीका अनुसार तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएपनि अस्पताल र्पुयाउना साथ बालकको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय अनारमनीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानाएको छ ।
इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि
१ श्रवाण, इलाम । इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका हुन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनी उमेर समुहका रहेका पुरुषहरु रहेको जनाइएको छ । जिल्ला..
पार्किङ गरी राखेको मोटरसाईकल तोडफोड गर्ने इलामका दुई जना पक्राउ
३१ असार, इलाम । पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने इलामका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–७ मालापथका १९ वर्षीय पारुहाङ देवान र सोही ठाउँका १९ वर्षीय आकाश परियार रहेका छन् । उनीहरुलाई सीसीटीभीले कैद गरेको फुटेजको आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुले अस्ती सोमबार राती ११ः४५ बजे इलाम नगरपालिका–७ स्थित चोकबजार तथा बिभिन्न ठाँउमा पार्किङ गरी राखेको..
डुवानले विस्थापित परिवारलाई घर फर्काकाउन सुरु गरियो
३१ असार, झापा । अविरल वर्षाका कारण झापामा आएको बाढीले बिस्थापित घर परिवारलाई आफ्नो घर फर्काउन सुरु गरिएको छ । झापाको झापा गाउँपालिका वाड नं ७ मदरगाछका १४ परिवारलाई र वाड नं १ मिलनबस्तीको ८१ विस्थापित घरधुरीलाई आआफ्नो घर फर्काइएको गाउँपालिका अध्यक्ष जयनाराण शालले जानकारी दिनुभयो । त्यसैगरी, शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ९ विस्थापित परिवार मध्ये ५ परिवार अन्य छिमेकीकामा भाडामा बस्न थालेको र ४ परिवार अहिलेसम्म शुरक्षित स्थानको..
हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापामा एकको मृत्यु
३० असार, झापा । हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापा एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका–९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको हो । थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राखेका थिए । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका..
भारी बर्षसंगै मधेशमा बाढी र डुबान–पहाडमा पहिरो, पूर्वतयारीमा सरकार चुक्दै
३० असार, काठमाण्डौँ । वर्षायाम शुरु हुने बित्तिकै तराई–मधेशमा डुबान र बाढीको त्रास बढ्न थाल्छ । बर्सेनि तराई–मधेशमा बाढी र डुबानले सताउने गर्दछ । पहाडमा पहिरो र तराई–मधेशमा बाढी बर्सेनि नेपालले झेल्दै आएको प्राकृतिक प्रकोप हो । पहिरोको कुनै निश्चित क्षेत्र नभए पनि बाढी तथा डुबानको समस्या बर्सेनि खास क्षेत्रमा हुने गर्दछ । तर पनि विपद् पूर्वतयारीमा सरकार बर्षेनी चुक्दै आएको छ । बाढीको जोखिम क्षेत्र पहिचान गर्ने सन्दर्भमा पनि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७