समाचार
प्रेस संगठन इलामद्धारा कृयशिल पत्रकारहरुलाई पिपिई बितरण
१४ भाद्र, इलाम । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यक्षेत्रमा खटिने इलामका पत्रकारहरुलाई प्रेस संगठनले पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेको छ । जिल्ला सदरमुकाममा रहेर पत्रकारिता गर्ने क्रियाशिल पत्रकार र मिडिया हाउसलाई प्रेस संगठन नेपाल इलाम शाखाले एक कार्यक्रमको आयोजना गरी पिपिई उपलब्ध गराएको हो । पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद् झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध..
शिवसताक्षीकी शेर्माको घर बनाउन हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा १ लाख सहयोग
१४ भाद्र, झापा । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख रुपैँया सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्राप्त भएको हो । आज एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट हरप्रहरन्यूजका प्रतिनिधि समेत रहेकी संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक विजय डालमियालाई एक लाख रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन् ।..
बी.पी.मा उपचाररत आमा र छोराको कोरोना संक्रमणका कारण मृत्यु
१४ भाद्र, झापा । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी धरान–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या..
झापमा खोलामा डुबेर एक किशोरीको मृत्यु
१४ भाद्र, झापा । झापाको भद्रपुर नगरपालिकामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–४ बस्ने १६ बर्षीया कमला चेमजोङ रहेकी छन् । प्रहरीका अनुसार हिजो दिउँसो भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा कमला र उनकी साथी सुस्मिता राई निगुरो टिप्न गएका थिए । गर्मी भएपछि सोही वनको कार्यालय भवन पछाडि देउनियाँ खोलामा नुहाउने क्रममा कमलाको डुबेर मृत्यु भएको हो । कमला स्थानीय चन्द्र भानु ज्योति विद्यालयमा कक्षा..
उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञा हटाउने निर्णय
१३ भाद्र, उदयपुर । कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि उदयपुरका तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले कोरोना भाईरसको भयाभह अवस्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक..
दुर्घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु
१३ भाद्र, सुनसरी । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलानका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर उपचारको क्रममा मृत्यु भएको हो । कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । सुनसरी प्रहरी प्रमुखका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर..
काभ्रेपलाञ्चोकका सिडिओ तिमल्सिना झापा आउँदै
१३ भाद्र, झापा । झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना आउँनुहुने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि झापामा तिमल्सिना आउँनुहुने भएको हो । प्रमुख जिल्ला अधिकारी तिमल्सिना हाल काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत हुनुहुन्छ । यो भन्दा अधि उहाँ इलाम जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा हुनुहुँन्थ्यो ।
मोरङको लेटाङ नगरपालिका सिल
१२ भाद्र, मोरङ । मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिका एक वडामा एकै परिवारका चार जनालाई कोरोना संक्रमण देखिएपछि नगर क्षेत्र सिल गरिएको हो । कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको नगरपालिका स्रोतले बताएको छ । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे हो । सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
दमकमा भदाै २० गतेसम्म निषेधाज्ञा लम्ब्याइयाे
१२ भदाै, दमक । झापाको दमक नगरपालिकाले नगरपालिका भित्र थप ७ दिन निषेधाज्ञा लकडाउन थप गरेकाे छ । आज शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेकोले भदाै २० गते राति १२ बजे सम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो । निषाेधाज्ञा कायम रहे पनि दैनिक उपभाेग्य सामग्री खरिद बिक्रिका लागि भने बहिन ७ बजेदेखि दिउँसो १२ बजेसम्म भाैतिक दुरी कायम गरि पसल तथा..
झापाका प्रजिअ मगरको सरुवा
१२ भाद्र, झापा । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले प्रजिअ मगरको सरुवा गरेको हो । नेपाल प्रशासन सेवा राज पत्राङ्कित प्रथम श्रेणीका सह–सचिव मगरलाई परराष्ट्र मन्त्रालय अन्र्तगत सरुवा गरिएको छ । प्रजिअ मगरले आफ्नो सरुवा भएको बताउँनुहुँदै काभ्रेका प्रजिअ झापा आउने सम्भावना रहेको बताउनुभयो । मगरले २०७६ असोजदेखि झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७