बाल संगठन इलामको सभापतिमा शंकर नियुक्त

२९ असोज, इलाम । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन इलामको तदर्थ जिल्ला कार्यसमिति सभापतिमा नवराज शंकर नियुक्त भएका छन् । नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नियुक्त भएपछि सभापति शंकरले संगठनको विधान, नीति, कार्यक्रम..

कांग्रेसले भन्योः चीनले नेपाली भूमि अतिक्रमण गरेकै हो

२८ असोज, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा दुई किलोमिटरसम्म सीमा अतिक्रमण गरेको निश्कर्ष निकाल्दै सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर..

२ थान भरुवा बन्दुक सहित पक्राउ

खाेटाङ, २४ असोज ।  खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका ७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । साथै डोटीकाे बोगटान फुडसिल गाउँपालिका ३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान..

कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु

उदयपुर, २३ असोज । उदयपुरकाे कटारी ८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा बुधबार अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको छ । कन्टेनर दुर्घटना हुदा कन्टेनर भित्र रहेका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका..

अतिसबाजी (पटका) सहित दुइ जना पक्राउ

सुनसरी, २३ असोज । सुनसरीकाे ईटहरी ५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बिहिबार बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी..

इलामको चुलाचुली गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने

२१ असोज, इलाम । इलामको चुलाचुली गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । संघिय सरकारको निति तथा कार्यक्रम अन्तर्गत चुलाचुली वडा नम्वर ३ र ४ को सिमामा रहेको विधुवा खोला र साचे खोलाको दोभानमा करिव १० बिघा क्षेत्रफलमा सो ग्राम निर्माण हुन लागेको हो । चुलाचुली स्थित शिवालय सामुदायिक वनको स्वामित्वमा रहेको उक्त क्षेत्रमा औद्योगिक ग्राम संचालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आथित्यमा एक..

सूर्याेदय नगरका विद्युत् नपुगेको बस्तिमा सौर्यबत्ती जडान

२१ असोज, इलाम । इलामको सूर्याेदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको बस्तिमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्याेदय नगरपालिका १३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारका ११ घरमा नगरपालिकाले सोर्यबत्ती जडान गरिदिएको हो । स्थानीयको लगानी बिना नै नगरपालिकाले घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो । सौर्यबत्ती जडान भएपछि सो बस्ती झिलिमिली भएको छ । नगरप्रमुख रणबहादुर राईको उपस्थितीमा सौर्यबत्ती जडान गरिएको थियो । अन्धकार गाउँ उज्यालोमा परिणत..

तीन महिना देखी तलव नपाएपछि हल्दिबारी गाउँपालिकाका कर्मचारीद्धारा सेवा बन्द

२१ असोज, झापा । झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको पाटीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ । प्रशासनिक कामकाज प्रभावित बनेसँगै गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । श्रावण, भाद्र र असोज (दसैँ पेस्की)सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रूपमै ज्ञापनपत्र बुझाइसकेका छन् । तर पनि कर्मचारीहरूको माग सम्बोधन हुन सकेको..

झापाको कचनकवलमा सशस्त्र प्रहरीको नयाँ बोर्डर आउटपोष्ट स्थापना

२१ असोज, झापा । भारतसँग सीमा जोडिएको झापाको कचनकवल गाउँपालिका ५ पाठामारीमा सशस्त्र प्रहरी बलको नयाँ बोर्डर आउटपोष्ट स्थापना गरिएको छ । खुला सीमाका कारण सीमापारबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुने उद्देश्यले बीओपी स्थापना गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरकिा बाहिनपिति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सोमबार सो बीओपीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको..

कोरोना संक्रमणका कारण झापामा दुई महिने शिशुको मृत्यु

२१ असोज, झापा । झापाको मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए । तर, त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको अस्पतालले..