नेकपाकाे केेेन्द्रीय बैठक स्थगित, बैठक आगामि मंसिरमा बस्ने

नेकपाकाे केेेन्द्रीय बैठक स्थगित, बैठक आगामि मंसिरमा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिए । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले बताए ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।

महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार परामर्श गरेपछि दुवै अध्यक्षको सुझाव अनुसार बैठक स्थगित भएको हुनसक्ने केन्द्रीय सदस्यहरुको बुझाई छ । (गोरखापत्र)

प्रतिक्रिया:

सम्बन्धित खवर