अपराध नियन्त्रणका लागि कानूनी साक्षरता कार्यक्रम संञ्चालन गरिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

अपराध नियन्त्रणका लागि कानूनी साक्षरता कार्यक्रम संञ्चालन गरिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

८ कार्तिक, तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रम संञ्चालन गर्ने बताउनुभएको छ । कार्यक्रमले अपराधीलाई निरुत्साहित गर्ने उहाँको भनाई छ ।

दशैँ मनाउन जन्मघर आउनुभएका मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले शुक्रवार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त कुरो बताउनभएको हो ।

उहाँका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छन् । उहाँले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताउँनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर