चाडबाडको समयमा कोरोना सङ्क्रमण बढ्नसक्ने भएकाले सचेत रहन गृहमन्त्रालयको निर्देशन

४ कार्तिक, काठमाण्डौँ । गृहमन्त्रालयले चाडबाडको समयमा कोरोना सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, दिपावली, छैठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको..

टीकाको शुभ साइत बिहान १०ः१९ बजे

४ कार्तिक, काठमाण्डौँ । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । कार्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र..

दमक नगरपालिका कार्तिक ६ गतेसम्मका लागि वन्द

४ कार्तिक, झापा । झापाको दमक नगरपालिका आजदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । दमक नगरपालिकाले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दे सो जानकारी दिएको हो । नगर प्रमुख सहित दुई जना वडाध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता समेत रहनुभएकी..

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

४ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्र्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान..

भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण

३ कार्तिक, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक संञ्जाल फेसबुकमार्फत आज मन्त्री नेम्बाङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले फेसबुकमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गर्नुभएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र..

प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज (सोमवार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिनुभएको हो । ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको..

सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

३ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतको भनाई छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा संञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत..

इलामको माई नगरपालिकामा शिक्षकको हत्यारा पक्राउ

३ कार्तिक, इलाम । इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका वडा नं. १ का ४५ बर्षिय पदम राई रहेका छन् । संघीय प्रहरी इकाई धरानको ‘लैला’ नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आगनमा पुष्पलाको शव फेला परेको थियो । घटना..

झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा जारी

३ कार्तिक, झापा । दशैं शुरु भएको र जिल्लामा कोरोना संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले गएराती (कार्तिक २ गते) देखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको जारी सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र..

महामारीमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ला त ?

२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्तिक १५ गते देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भाद्र २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कार्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् । प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्म ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउनुहुन्छ । पार्टीभित्रको आन्तरिक..