समाचार
इलामको फाकफोकथुममा रुखले लागेर एक जनाको ज्यान गयो
१८ असोज, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । उत्तिसको रुखले लागेर हिजो स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो । काट्दै गरेको रुखले अर्काे रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिनुभयो । घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।
मिर्गाैला पिडित बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ संञ्चालन गरिने
१७ असोज, काठमाण्डौँ । दुवै मिर्गाैला फेल भएकी दमक नगरपालिका वडा नम्बर–५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम कुमारी बेघा बचाउ अभियान र युथ ग्रुप नेपाल प्रा.ली.को आयोजनामा उक्त संगीत यात्रा देशका मुख्य–मुख्य शहरमा सञ्चालन गरिने जनाईएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै मिर्गाैला फेल भएकी बेघाको उपचारमा सहयोगको लागि आयोजक संस्थाहरूले अपिलसमेत..
पत्रकार मञ्च दमकको अक्षयकोषमा १८ हजार जम्मा
१६ असोज, झापा । पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार एक सय ८६ रुपैयाँ जम्मा गरिएको छ । मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु तीन हजार, सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार एक सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु चार हजार ७५ गरी जम्मा रु १८ हजार एक सय ८६ रुपैयाँ आज एनआईसी एसिया बैंकमा रहेको मञ्चको जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर..
गौतम बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
१६ असोज, काठमाण्डौँ । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वाेच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको छ । अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता सुरेन्द्र थापाले बताउनुभयो । मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उहाँ प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६..
आफ्नै साथीको हत्या गर्ने मनकुमार जेल चलान
१६ असोज, झापा । धारिलो हतियार प्रहार गरी साथीलाई हत्या गर्ने झापा शिवसताक्षी ८ का ३२ बर्षिय मनकुमार लिम्बु कारागार चलान भएका छन् । कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको विहिवार भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो । उनले भाद्र १७ गते बिहान शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा आफ्नै साथी शिवसताक्षी ११ बस्ने २९ वर्षिय गोमनसिंह मगरलाई धारिलो हतियार प्रहार गरी हत्या..
झापाको कचनकवलमा लागुऔषधसहित एक जना पक्राउ
१६ असोज, झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर..
नक्कली प्रहरी पक्राउ
१२ असोज, झापा । आफुलाई प्रहरी बताउने एक व्याक्तिलाई दमक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । झापाको कमल गाउपालिकाका विभिन्न होटलमा आफु प्रहरी ईन्स्पेक्टर हुँ भन्दै खाजा तथा पेय पदार्थ खादै पैसा नतिरी हिड्ने ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति दमक ५ निवासी ५८ वर्षिय ईन्द्र प्रसाद थापा रहेको प्रहरीले जनाएको छ । थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी..
झापामा सशस्त्र प्रहरी वलका थप १८ वटा वोर्डर आउटपोष्ट थपिदैँ
१२ असोज, झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रदेश–१ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले भवनको उद्घाटन गर्नुभएको हो । यो वर्ष झापामा नौ वटा वोर्डर आउटपोष्ट थप गर्न लागिएको समेत प्रहरी नायव महानिरीक्षक दाहालले बताउनुभयो । कोभिड १९ को बढ्दो संक्रमणका बीच पनि सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रमा प्रहरीले प्रभावकारी..
सुनसरीबाट लागूऔषध सहित दुईजना पक्राउ
१२ असोज, सुनसरी । सुनसरीको भोक्राहा नर्सिङबाट दुई जना युवा लागूऔषधसहित पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० बर्षीय जमाल अन्सारी र २२ बर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १०७ बोतल, नाइट्राभेट १ सय पत्ता (३ हजार ट्याब्लेट) साथै स्पास्मोप्रोक्सिभन प्लस ६९६ क्याप्सुल वरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको..
मन्त्रिपरिषद बैठक जारी
११ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिमण्डल पूनर्गठनको तयारी गरेको समयमा आकस्मिक रुपमा बसेको बैठकलाई बिशेष रुपमा लिईएको छ । आजमात्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यही विषयमा केन्द्रित रहेर छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठन गर्दा के–कस्तो मापदण्ड बनाउने ? भन्नेबारे..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७