समाचार
राष्ट्रपतिद्धारा सर्वसाधारणलाई टीका ग्रहणको कार्यक्रम स्थगन
७ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको सर्वसाधारणका लागि टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेको शितलनिवासले जनाएको छ । विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले..
जसपा संम्बद्ध युवा संगठन प्रदेश–१ कमिटीद्वार शुभकामना आदानप्रदान
७ कार्तिक, झापा। जनता समाजवादी पार्टी नेपाल (जसपा)संम्वद्व युवा संगठन प्रदेश–१ कमिटीको आयोजनामा झापाको कमल गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कमल–३ स्थित केराधापमा बडादशँै, तिहार तथा छैठ पर्वको अबसरमा हिजो (बिहिवार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघको प्रदेश अध्यक्ष रोशन लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा जसपा केन्द्रीय सदस्यहरु नित्यानन्द ताजपुरिया, विश्वानाथ..
झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ
७ कार्तिक, झापा । झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षिय सुरज महातो र सोही स्थानका अन्दाजी ४० बर्गिाय कृष्ण महतो आज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् । गौरीगंज गाउँपालिका–५ फत्तेपुर सीमा नजिकबाट कोरेक्स २६ बोतल, हाईट्रोभेट ट्याव्लेटसहित साईकलमा नेपालतर्फ आउदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूसहित बरामद गरिएको लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय गौैैरीगंजमा राखिएको..
दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा
६ कार्तिक, काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले दुई अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट आज (बिहीबार)देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाईएको छ । ति नोटहरु आजैदेखि चलनचल्तीका लागि खुला गरिएको बताईएको छ । उक्त नोटमा..
लकडाउनको समयमा पनि इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण
६ कार्तिक, इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले लकडाउनको समयमा पनि ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा ६० किलोमिटर लो–टेन्सन लाइन र २० किलोमिटर हाईटेन्सन लाईन विस्तार गरेको जनाएको छ । लो–टेन्सन लाइन विस्तारका लागि चार हजार विद्युतिय पोल गाडिएकोमा १२ सय पोलमा विद्युत चार्ज गरि उपभोक्ताका घरमा वितरण गरिसकिएको छ । त्यस्तै हाईटेन्सन लाइन विस्तारका लागि पाँच सय ५०..
इलाममा सार्वजनिक सवारीसाधनको अनुगनमा कडाई
६ कार्तिक, इलाम । इलाममा सार्वजनिक सवारीसाधनको अनुगनमा कडाई गरिएको छ । सरकारले सवारी साधनहरुलाई यात्रुहरुबाट पहिला नै कामय भएको मात्र भाडा लिन आग्रह गरेपनि ब्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनाशो बढेपछि कडाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको टोलीले सडकमा यसको अनुगमन गरिरहेको छ । हिजो वुधबारमात्र इलाम नगरपालिका–७ धोविधारामा एक सय १३ वटा सवारीको अनुगमन गरिएको ट्राफिक..
दशगजा क्षेत्रमा नेपाली युवाको शव फेला
६ कार्तिक, विराटनगर । नेपाल भारतको सीमा नाका दशगजा क्षेत्रमा एकजना नेपाली युवाको शव भेटिएको छ । मोरङको विराटनगर–१६ को दक्षिण गेटदेखि करिब एक सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आज बिहान शव भेटिएको हो । उनी लागूऔषध सेवनकर्ता रहेको खुलासा भएको छ । मृतक युवा हिजो (बुधबार) जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुले पनि इटहरी घर भएको प्रहरीले जनाएको..
कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य
६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ । अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य..
काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार
६ कार्तिक, झापा । विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको माइती नेपालले उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका हुन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । बुधवार उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान..
भद्रपुरमा प्रहरीद्धारा एक हजार लिटर घरेलु मदिरा नष्ट
५ कार्तिक, झापा । झापाको भद्रपुर नगरपालिका–९ मा प्रहरीद्धारा एक हजार लिटर घरेलु मदिरा हिजो साझ नष्ट गरिएको छ । प्रहरी चौकी घोडामाराले बरामद गरेको उक्त मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको हो । प्रहरीले सरकारले प्रतिबन्ध गरेको घरेलुु मदिरा उत्पादन गरी बिक्री वितरण गरी रहेको र मदिरा सेवन गरी समाजमा दिनहुँझै झगडा हुने गरेको सूचना पाए लगत्तै भद्रपुर–९ का कर्यवहाक वडाध्यक्ष र टोल विकास समितिका संयोजकसहितको टोलीले भद्रपुर–९ प्रणामी मन्दिर..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७