कोरोना सङ्क्रमितका लागि प्लाज्मा दान गर्न आह्वान

कोरोना सङ्क्रमितका लागि प्लाज्मा दान गर्न आह्वान


८ कार्तिक, झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै रेडक्रस झापाले प्लाज्मा दान गर्न आह्वान गरेको हो ।

शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो ।

उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गर्नुभयो ।

उहाँले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताउनुभयो । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताउनुभयो । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर सङ्क्रमितको उपचारमा सेवा दिइरहेको बताउनुभयो । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर