देउमाईको चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न

देउमाईको चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न


८ कार्तिक, इलाम । इलामको देउमाई नगरपालिका–९ स्थित चिसापानीमा विद्युत विस्तारको काम सम्पन्न भएको छ । देउमाइ नगरपालिकाको बिशेष पहलमा नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा विद्युतिकरणको काम शुरु गरेको थियो ।

वडा नं. ९ चिसापानीमा बसोबास गर्ने स्थानीयबासीको सुबिधाका लागि बिधुतिकरण गर्न नगरपालिकाको पहलमा गरिएको विद्युतिकरणको काम सम्पन्न भई उद्घाटन भएको हो । विद्युतिकरणको प्रदेश–१ का भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना मगरले स्वीच अन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बिजयादशमी तथा शुभ दीपावली लगायत सम्पुर्ण चाड पर्वहरुको शुभकामना आदान प्रदान समेत गरिएको देउमाई नगरपालिकाका सुचना अधिकारी गोपाल बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर