१८ कार्तिक, झापा । चिसो शुरू भएसंगै झापाका स्थानिय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको मुख्य बजाहरु दमक, विर्तामोड देखी लिएर ग्रामिण बजार तथा चौकहरूमा यसको व्यवसाय शुरू भएको हो ।
भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ । भाक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको पहिचानको रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुले जाडो लागेपछि भाक्का बनाउने गर्दछन् ।
तराई क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरुको जाडो महिना लागेपछि भाक्कालाई खाजाको रुपमा खाने गर्दछन । पानीको बाफमा पकाइने भक्का पाक्नसाथ तातै खाँदा स्वादिलो हुने भएकाले जाडोमा पकाइने गरेको हो ।
चौक तथा बजारमा भाक्का पकाउन सुरु भएपछि अधिकांश मानिसहरु खाजाको रुपमा भाक्का खान आउन थालेका छन् ।
चामलबाट बनाइएको पिठोलाई पानीको बाफमा पकाइन्छ । पिठोमा पानी बाहेक अरु केहीपनि मिसाईदैन । केही पनि नमिसाई पकाईने भएकाले सबैले भाक्का खान रुचाउने गर्दछन । भक्कामा चिल्लो पदार्थ, मरमसला केहिपनि नमिसाईने भएकाले स्वास्थ्यका लागी समेत फाईदाजनक रहेको चिकित्सहरु बताउछन् ।