सरकारी कार्यालयमा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गर्न जादाँ हिरासतमा

सरकारी कार्यालयमा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गर्न जादाँ हिरासतमा

१८ कार्तिक, पर्सा । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले चार घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका दुई जनालाई प्रहरीले चार घण्टा हिरासतमा राखेर छोडेको हो ।

भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् ।

आयुर्वेद कार्यालयको आव २०७४÷७५ र २०७५÷७६ का आय–व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउने उद्देश्यले उनीहरु कार्यालयमा पुगेका थिए । भिश्वा युवा क्लबले आयुर्वेद कार्यालयमा कर्मचारीहरु नबस्ने, कार्यालयका सामान व्यक्तिको घरमा प्रयोग हुने, कार्यालयमा पारदर्शिता नभएको गुनासो गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।

सूचनाको हक अन्तर्गत निवेदनसहित कार्यालयमा पुगेका बेला ‘अध्ययनपछि दर्ता गर्छु’ भन्दै समय बिताएका कार्यालय प्रमुखले निवेदन दर्ता नगरी प्रहरी बोलाएर पक्राउ गराएको भिश्वा युवा क्बलका अध्यक्ष कुशवाहाले बतायनुभयो ।
सूचनाको हकका अभियन्ता मनोज रौनियारले सूचना अधिकारीले निवेदन लिएर अध्ययन गर्छु, कार्यालय प्रमुखसँग सल्लाह गर्छु भनेर दर्ता नगरेको बताउनुभयो ।

सूचना प्राप्त गर्ने मौलिक हक भएकाले सूचना लिन जाँदा प्रहरीले थुन्नु मानव अधिकारविरुद्धको कार्य भएको युवा अभियन्ता ओम प्रकाश सर्राफले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजितत कुँवरले भने आयुर्वेद स्वास्थ्य केन्द्रमा सूचना माग्ने बहानामा केही मानिसहरुले होहल्ला गरेको सूचना आएपछि प्रहरी पठाएको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270