जसपा संम्बद्ध युवा संगठन प्रदेश–१ कमिटीद्वार शुभकामना आदानप्रदान

७ कार्तिक, झापा। जनता समाजवादी पार्टी नेपाल (जसपा)संम्वद्व युवा संगठन प्रदेश–१ कमिटीको आयोजनामा झापाको कमल गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कमल–३ स्थित केराधापमा बडादशँै, तिहार तथा छैठ पर्वको अबसरमा हिजो (बिहिवार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघको प्रदेश अध्यक्ष रोशन लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा जसपा केन्द्रीय सदस्यहरु नित्यानन्द ताजपुरिया, विश्वानाथ..

झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ

७ कार्तिक, झापा । झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षिय सुरज महातो र सोही स्थानका अन्दाजी ४० बर्गिाय कृष्ण महतो आज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् । गौरीगंज गाउँपालिका–५ फत्तेपुर सीमा नजिकबाट कोरेक्स २६ बोतल, हाईट्रोभेट ट्याव्लेटसहित साईकलमा नेपालतर्फ आउदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूसहित बरामद गरिएको लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय गौैैरीगंजमा राखिएको..

दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा

६ कार्तिक, काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले दुई अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट आज (बिहीबार)देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाईएको छ । ति नोटहरु आजैदेखि चलनचल्तीका लागि खुला गरिएको बताईएको छ । उक्त नोटमा..

लकडाउनको समयमा पनि इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण

६ कार्तिक, इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले लकडाउनको समयमा पनि ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा ६० किलोमिटर लो–टेन्सन लाइन र २० किलोमिटर हाईटेन्सन लाईन विस्तार गरेको जनाएको छ । लो–टेन्सन लाइन विस्तारका लागि चार हजार विद्युतिय पोल गाडिएकोमा १२ सय पोलमा विद्युत चार्ज गरि उपभोक्ताका घरमा वितरण गरिसकिएको छ । त्यस्तै हाईटेन्सन लाइन विस्तारका लागि पाँच सय ५०..

इलाममा सार्वजनिक सवारीसाधनको अनुगनमा कडाई

६ कार्तिक, इलाम । इलाममा सार्वजनिक सवारीसाधनको अनुगनमा कडाई गरिएको छ । सरकारले सवारी साधनहरुलाई यात्रुहरुबाट पहिला नै कामय भएको मात्र भाडा लिन आग्रह गरेपनि ब्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनाशो बढेपछि कडाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको टोलीले सडकमा यसको अनुगमन गरिरहेको छ । हिजो वुधबारमात्र इलाम नगरपालिका–७ धोविधारामा एक सय १३ वटा सवारीको अनुगमन गरिएको ट्राफिक..

दशगजा क्षेत्रमा नेपाली युवाको शव फेला

६ कार्तिक, विराटनगर । नेपाल भारतको सीमा नाका दशगजा क्षेत्रमा एकजना नेपाली युवाको शव भेटिएको छ । मोरङको विराटनगर–१६ को दक्षिण गेटदेखि करिब एक सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आज बिहान शव भेटिएको हो । उनी लागूऔषध सेवनकर्ता रहेको खुलासा भएको छ । मृतक युवा हिजो (बुधबार) जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुले पनि इटहरी घर भएको प्रहरीले जनाएको..

कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य

६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ । अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य..

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

६ कार्तिक, झापा । विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको माइती नेपालले उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका हुन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । बुधवार उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान..

भद्रपुरमा प्रहरीद्धारा एक हजार लिटर घरेलु मदिरा नष्ट

५ कार्तिक, झापा । झापाको भद्रपुर नगरपालिका–९ मा प्रहरीद्धारा एक हजार लिटर घरेलु मदिरा हिजो साझ नष्ट गरिएको छ । प्रहरी चौकी घोडामाराले बरामद गरेको उक्त मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको हो । प्रहरीले सरकारले प्रतिबन्ध गरेको घरेलुु मदिरा उत्पादन गरी बिक्री वितरण गरी रहेको र मदिरा सेवन गरी समाजमा दिनहुँझै झगडा हुने गरेको सूचना पाए लगत्तै भद्रपुर–९ का कर्यवहाक वडाध्यक्ष र टोल विकास समितिका संयोजकसहितको टोलीले भद्रपुर–९ प्रणामी मन्दिर..

चाडबाडको समयमा कोरोना सङ्क्रमण बढ्नसक्ने भएकाले सचेत रहन गृहमन्त्रालयको निर्देशन

४ कार्तिक, काठमाण्डौँ । गृहमन्त्रालयले चाडबाडको समयमा कोरोना सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, दिपावली, छैठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको..