बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण


८ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिनुभएको छ ।

भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ ।

भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केनुभएको थियो । मधेशमा उहाँ पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर