लागु औषध कारोबारी र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने झापा प्रहरीको भनाई

३ माघ, झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आउनुभएका एसपी भट्टराईले शुक्रवार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले २०६२ सालमा प्रहरी निरीक्षक भएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जिम्मेवारी सम्हालिसक्नुभएको छ । १५ वर्षपछि पुनः सोही जिल्लाकै नेतृत्व..

काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै

३ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काँग्रेसले आज दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । यस्तै काँग्रेसले आउदो माघ ८ गते ६ हजार..

नेपाल भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास

३ माघ, काठमाण्डौँ । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । गत बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा “तीन चोसे” गाँस्ने प्रयास गरेको नेपालतर्फ पाइपलाइन संञ्चालन र व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक डिपो अमलेखगन्जले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक सय किलोमिटर पर भारतीय भूमी सिवानमा तेल चोरीको प्रयास भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो ।..

प्रतिनिधिसभा विघटनसम्बन्धीको सुनुवाई संवैधानिक इजलासमै हुने

२ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा आज बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश..

सरकारी सेवालाई सरल र प्रभावकारी बनाउन ‘नागरिक एप्स’को शुभारम्भ

२ माघ, काठमाण्डौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप्स परीक्षणका रुपमा ल्याइएको जनाईएको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । सुशासन, विकास र..

अब ओलीसँग मिल्ने सम्भावना छैनः माधव नेपाल

२ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको उहाँले उल्लेख गर्नुभएको हो । संविधान निगरानी समूहद्वारा आज आयोजित कार्यक्रममा उहाँले अब मिल्ने सम्भावना नरहेको भन्दै ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको बताउनुभयो । ओली मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने गरेको नेता नेपालको भनाई छ ।..

अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा

१ माघ, इलाम । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटीको घोषणा गरिएको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीले एक विज्ञप्ती जारी गर्दे सो जानकारी दिएको हो । गत पौष २८ गते अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुलीको अध्यक्षतामा र अनेरास्ववियू केन्द्रिय कमिटी कार्यलय सदस्य रस्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाबाट सो आयोजक कमिटीको घोषणा गरिएको विज्ञप्तीमा जनाईएको छ । अनेरास्ववियू इलामको ९९ सदस्य जिल्ला सम्मेलन..

नेकपा विवादले राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाड्यो

१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाडेको छ । नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको जनाएको छ । केही साता अघि प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका थिए । त्यसबाहेक अन्यको पनि कता पठाउने हो भन्ने यकिन नभएपछि..

आज माघे संक्रान्ति पर्व, किराती समुदायले यले संम्वतको स्वागत गर्दे

१ माघ, काठमाण्डौँ । आज माघे संक्रान्ति पर्व । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग माघी पर्व मनाउँदै छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी,..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै..