१३ माघ, काठमाण्डौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताउनुभएको छ । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई अध्यक्षबाट हटाइसकेको पनि बताउनुभएको छ ।
निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले उहाँले बताउनुभयो । ४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् उहाँले भन्नुभयो । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ भन्दै उहाँले ओलीको कटाक्ष गर्नुभयो ।
निर्वाचन आयोगले नेकपाका ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उहाँ अध्यक्ष नरहेको नेपालले बताउनुभयो । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गर्नुभयो ।
जनताको बहुदलीय जनवाद (जबज)सँग ओलीको साइनो सम्बन्ध नभएको उहाँले बताउनुभयो । जबज भनेको पार्टीको लोकतान्त्रिकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग साइने नरहेको नेपालले बताउनुभयो ।