डोमालाल राजवंशी रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता

डोमालाल राजवंशी रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता


१३ माघ, काठमाण्डौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् । केही दिन अघि माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् ।

नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता खरेलले जानकारी दिनुभयो । माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा केशवप्रसाद विमलीले दिएको निवेदनमा भनिएको छः–

‘बादी टीकादेवी विमली र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं भएको मुद्धामा सम्मानित सर्वाेच्च अदालतले २०६६ फाल्गुन ९ मा भएको फैसला अनुसार जिल्ला झापा अनारमनी गाविस वडा नम्वर ५ कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ कित्ता जग्गाहरु जग्गाधनी अनारमनी दुर्गा स्थान राजगुठीका नाउँमा रहेको जग्गामा मोही टीकादेवी विमली कायम गर्ने भनी भएको फैसला बंमोजिम दाखिल दर्ता भै मोही कायम हुन आउने माथि उल्लेखित जग्गाहरुको हकमा म निवेदक केशवप्रसाद विमलीले दर्ता नम्वर २५३९३ मिति २०६७ जेठ २ मा माग निवेदनमा म निवेदकको आमा टीकादेवी विमलीको मिति २०६२ बैशाख २५ मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेश गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ विगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न समहत भएको छु ।’

निवेदक विमलीले आमाको आफु एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी दिन उल्लेख गरेका छन् । विमलीको निवेदनपछि विर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर