माधव नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन्

माधव नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन्


१२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै नेकपामा नयाँ तहल्का सुरु भएको छ । यस संगै माधव कुमार नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन् भने ओली समुहले थप गरेको केन्द्रिय सदस्यहरुले पनि मान्यता पाएका छैनन् ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्ने बताएको छ । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि केही फरक नपर्ने बताउनुभयो ।

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको भन्दै उहाँले, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’ बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले पनि निर्वाचन आयोगले गरेको निर्णयलाई समर्थन गरेको जनाएको छ । ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा पार्टी विभाजन नभएको बताउँदै आफूहरुको माग आयोगले पूरा गरेको बताउनुभयो ।

‘हामीले निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौं, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले अराजकता सिर्जना गरेर पार्टी विभाजन गर्नेहरुले जनताको भावनामा चोट पुर्याउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले कात्तिक २८ गते पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाउका आरोपत्र फिर्ता हुनुपर्ने र घोषित निर्वाचनमा सहभागी भए एकता कायम रहने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर