झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु

५ माघ, झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी आउदो वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो । समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक..

टाउको चिलाएको छ, लाठी खान मन छः प्रचण्ड

५ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफू निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिनुभएको छ । उहाँले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (अनेरास्ववियू)को उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिनुभएको हो । ‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भन्नुभयो,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उहाँले विगतमा गिरिजाप्रसाद कोइरालाले..

प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

४ माघ, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताउनुभएको छ । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उहाँको दाबी छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र प्रदेशलाई मन नपर्ने कानुन पनि बने होलान, तर ३ वर्षमा त धेरै कानुन बन्यो ।..

प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार छुः प्रधानमन्त्री ओली

४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको..

न्यायाधीश सपना प्रधान मल्ल संसारकै भाग्यमानी

४ माघ, काठमाण्डौँ । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा भर्खेरै सहभागी बन्नुभएकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् । आज उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गर्नुभएको हो । संविधानको मेकिङ (निर्माण) र बुल्डिङ (ब्याख्याद्वारा समृद्ध पार्ने) दुई चरण हुन्छ । संसारमा..

को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ?

३ माघ, काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लाग्नुभएको खबरले सामाजिक संञ्जाल तातेको छ । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लाग्नुभएको हो । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो । को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ? मुख्यमन्त्री राई..

मुख्यमन्त्री शेरधन राईले ‘मिस मंगोल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैं

३ माघ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा विवाह गर्न लागेका छन् । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गरेको छ । तर, उहाँ को सँग विवाह बन्धनमा बाधिदैँछन् भन्ने खुलाइएको छैन । मुख्यमन्त्री राईको हुनेवाली को हुन् ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ । उच्च स्रोतका अनुसार मुख्यमन्त्री राई..

अनेरास्ववियू दमक बहुमुखी क्याम्पसको अध्यक्षमा चेम्जोङ

३ माघ, झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को दमक बहुमुखी क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । क्याम्पसको सभाहलमा बसेको बैठकबाट सम्मेलन आयेजक कमिटिको अध्यक्षमा भिजन चेम्जोङ(लिम्बू), उपाध्यक्षमा तपस दुलाल, सचिवमा अविस खनाल, सह–सचिवद्धयमा मिक्सन गुरुङ, विकास आचार्य र कोषध्यक्षमा निर्मला आङथुपो चयन भएका छन् । बैठकले ६१ जनाको सम्मेलन आयेजक कमिटी गठन गरेको अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो । सविन आचार्यको अध्यक्षतामा बसेको बैठकमा अनेरास्ववियूका केन्द्रिय..

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल फर्कदैंः सीमा विवादबारे छलफल भएन

३ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किनुहुदैछ । उहाँको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन नसकेको स्रोतले जनाएको छ । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ । दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल..

जंगली हात्तीले चुलाचुली–५ मा घर भत्कायो, अन्नवालीमा समेत क्षती

३ माघ, इलाम । इलामको चुलाचुली–५ आँपझोलामा आज विहान करिब साढे २ बजेतिर जंगली हात्तीले घर भत्काएको छ । स्थानीय टेक बहादुर दाहालको तीन महिना अघि निर्माण सम्पन्न भएको नयाँ घरको भित्तामा जंगली हात्तीले क्षति पुर्याएको हो । झापाको हंसेदुम्से सामुदायीक वनबाट बस्ति छिरेको हात्तीले अन्य गाउँलेहरुको समेत अन्नबाली तोरी, फापर, गोलभेडा लगायतको अन्नवालीमा समेत क्षती पुर्याएको स्थानिय दिपेन्द्र गौतमले जानकारी दिनुभयो । उक्त क्षतिप्रति स्थानीय सरकाकारले चाँडो ध्यान पुर्याउन..