१३ माघ, ताप्लेजुङ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताउनुभएको छ । तर ताप्लेजुङ कम्युनिष्टको लाल किल्ला भएकाले आफूले चुनाव जितेको उहाँको भनाई छ ।
ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२÷४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले मात्र आफूले चुनाव जितेको उहाँले दावी गर्नुभयो । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण गर्नुभयो ।
ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिले आफू सत्यको पक्षमा रहेको र ओलीलाई समर्थन गर्न नसकेको बताउनुभयो । आफूलाई पाथिभरा माता र ताप्लेजुङका जनताले प्रतिगमनको विरुद्धमा जान आदेश दिएकाले आफू अहिले ओली विरोधमा र सत्यको पक्षमा रहेको उहाँको भनाई थियो ।