मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

११ माघ, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आज उहाँले मोडल जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला राई र २४ वर्षकी बेहुली शेर्पा किराती परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो, त्यस्तै शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा..

झापामा निर्वाचनको तयारी तिव्रः मतदान स्थल थप गर्ने निर्णय

१० माघ, झापा । झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय र मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति झापाले मध्यावधि निर्वाचनको तयारी थालेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मिति तोकेसँगै निर्वाचन आयोगले जिल्ला कार्यालयहरूलाई पुस १६ देखि नै कार्य तालिकासहित तयारीमा जुट्न पत्राचार गरिसकेको छ । सोही पत्राचार बमोजिम झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको निर्वाचन कार्यालय झापाका प्रमुख..

इलामकाे माङसेबुङमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ, ८ माघ । माङसेबुङ गाउँपालिका वडा ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ। माङसेबुङ वडा न: ६ काे आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि .इलामको आयोजनामा तालिम सम्पन्न भएको हाे । तालिम समापन कार्यक्रमका प्रमुख अथिति माङसेबुङ गाउँपालिका वडा ६ का वडासदस्य राम चन्द्र राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै समाजमा भएको बेथिति, विसङ्गतीहरुको बिरुद्ध लेख्न साथै सधै सत्यकाे पक्षमा कलम चलाउनमा जाेड दिए । तालिम समापन कार्यक्रममा..

शुल्क फिर्ताको माग गर्दै आज दोस्रो दिन पनि दमक क्याम्पसमा अनेरास्ववियूद्धारा प्रर्दशन

७ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज दोस्रो दिन पनि अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु हिजो देखी सुरु गरेको हो । अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति..

प्रधानन्यायाधीशको प्रश्नः बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?

७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?’ भन्दै अभिवक्ताहरुलाई प्रश्न गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन मिल्दैन भनेर बहसकर्तालाई प्रश्न गर्नुभएको स्रोतले जनाएको छ । आज वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग पनि यही विषयमा प्रधानन्यायाधीश राणाको सवालजवाफ भयो । प्रधानन्यायाधीशले लगातार उठाएको प्रश्न भन्दै ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन..

जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने

७ माघ, काठमाण्डौँ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले कडा सुरक्षा व्यवस्थाकाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन् । उनको सपथग्रहण कार्यक्रममा..

क्याम्पस बन्द रहेको समयको मासिक शुल्कमा छुट माग्दै अनेरास्ववियूद्धारा दमक क्याम्पसमा प्रर्दशन

६ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु सुरु गरेको हो । अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस..

दमकमा सुत्केरी बोकेको एम्बुलेन्स र अटो रिक्सा ठोक्किदा दुई जनाको मृत्यु

५ माघ, झापा । झापाको दमकमा आज एम्बुलेन्स र अटो रिक्सा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका कार्यलय दमकका अनुसार दमकको ताराबारी एरियामा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक उर्लाबारी ४ का ५०..

पूर्व–पश्चिम रेलमार्गको प्रभावितलाई क्षतिपूर्ति दिन सरोकारवालाद्धारा चासो

५ माघ, झापा । संघीय सरकारको योजना अनुरुप निर्माण हुने पूर्व–पश्चिम रेलमार्ग अन्तगर्त काँकरभिट्टा–इनरुवा १०६ किलोमिटर क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्ति लगायतका समस्या तत्काल समाधान गर्न सरोकारवालाले चासो देखाएका छन् । सरोकारवालाबीचको समन्वयको अभावमा उक्त समस्या बढ्दै गइरहेका बेला आज झापाको बिर्तामोडमा भएको छलफलमा सहभागी सरोकारवालाले उक्त समस्या समाधानका लागि चासो र चिन्तासँगै प्रतिबद्धता जनाएका छन् । प्रदेश सभाका सदस्यहरु, मुआब्जा निर्धारण उपसमिति तथा प्रभावितहरु बीच भएको छलफलबाट वैज्ञानिक र पारदर्शी..

भारतमा कोरोना खोपको प्रभाव देखिन थाल्यो

५ माघ, काठमाण्डौँ । भारतमा कोरोना भाइरस खोपको प्रभाव देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट ‘साइट इफेक्ट’ देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४ सय ४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आंगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि,..