दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी

दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी


१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् ।

कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको थियो । त्यस्तै पौष २७ गते नेपाल विद्यार्थी संघ, सामाजवादी विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र नेपाल आदिवासी विद्यार्थी महासंघले संयुक्त रुपमा मासिक शुल्क छुटको माग गर्दे अर्को प्रेस विज्ञप्ति वुझाएको थियो । तर क्याम्पस प्रमुख नेत्र बुढाथोकीले दुवै समुहलाई मासिक शुल्क छुट नहुने बताएपछि दुवै विद्यार्थी समुह आन्दोलित बनेका हुन् ।

दमक क्याम्पसमा अनेरास्ववियूले गत माघ ६ गते देखी नै रचनात्मक रुपमा विरोध प्रर्दशन गरिरहेको छ । पहिलो दिन क्याम्पस प्रसासन अगाडी विद्यार्थीहरुले मासिक शुल्क छुटको माग सहित धर्ना दिएको थियो । दोस्रो दिन क्याम्पस सभाहलमा भेला भएर क्याम्पस प्रमुख र संञ्चालक समितीको विरोध गर्दे क्याम्पस प्रमुखको कार्यकक्षसम्म गएर कार्यकक्ष घेराउ गरेका थिए । त्यस्तै विद्यार्थीहरुलाई कालो मास्क वितरण गर्दे कालो मास्क लगाएर क्याम्पस सरसफाई गरेर प्रसासनको विरोध गरेको थियो ।

त्यस्तै अन्दोलनरत संयुक्त विद्यार्थी समुहले केही दिन देखी कालोपट्टि बाधेर क्याम्पस प्रसासनको विरोध गरिरहेका छन् । त्यस्तै क्याम्पसको गेटमा, प्रसासनिक भवनमा र प्रध्यापकको कार्यलय अगाडी समेत उनीहरुले कालो झण्डा राखेका छन् ।

आन्दोलनरत दुवै विद्यार्थी समुहले आजबाट संयुक्त रुपमा आन्दोलनमा जाने घोषणा गर्दे एक विज्ञप्ति सार्वजनिक पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ; ‘कोरोना महामारीका कारण गत चैत्र ११ देखी मंसिर मसान्तसम्म बन्द रहेको क्याम्पसको मासिक शुल्क संकलन कार्य अत्यन्तै अन्याय पूर्ण र गैरजिम्मेवार छ । यसर्थ हामी विद्यार्थीहरु यसको विरुद्धमा अन्य मागहरु सहित विभिन्न चरणमा, छुट्टा छुट्टै समुहमा रहेर केही साता देखी निरन्तर रचनात्मक र शान्तीपूर्ण आन्दोलनमा छौँ । तर पनि यस क्याम्पस प्रसासनले हाम्रो माग उपर सम्वोधन गर्न चाहेको छैन । यसर्थ हामी विद्यार्थीको आवाजलाई अझ सशक्त रुपमा वुलन्द गर्न छुट्टा–छुट्टै रुपमा आन्दोलनमा उत्रिएका आन्दोलनरत विद्यार्थीहरु समुहहरु आजको दिनबाट एक भएर दोस्रो चरणको विद्यार्थी आन्दोलनमा संयुक्त रुपमा जाने निर्णय गर्दछौँ ।’

विज्ञप्तिमा नेपाल विद्यार्थी संघको तर्फबाट क्याम्पस समिती सभापती अतित राईले हस्ताक्षर गरेका छन्, त्यस्तै अनेरास्ववियूको तर्फबाट क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङ, समाजवादी विद्यार्थी यूनियनको तर्फबाट क्याम्पस समिती का.अध्यक्ष मिलन तामाङ, रा.प्र.वि.को तर्फबाट क्याम्पस समिती अध्यक्ष सोविम न्यौपाने र नेपाली आदिवासी जनजाती विद्यार्थी महासंघको तर्फबाट क्याम्पस समिती सचिव विन्दु मुकारुङले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु समेत उल्लेख गरिएको छ । पहिलो दिन माघ १४ गते क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्ष तालाबन्दी गर्ने, दोस्रो दिन माघ १५ गते क्याम्पस संञ्चालक समितीको कार्यकक्ष तालाबन्दी गर्ने र तेस्रो दिन माघ १६ गते क्याम्पस प्रसासन तालाबन्दी गर्ने बताईएको छ ।

क्याम्पस बन्द रहेको समयको मासिक शुल्क कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने अनेरास्ववियू नेता निशेष राईले बताउनुभयो । आजको विज्ञप्तिमा जनाए अनुसार नै आजबाट दोस्रो चरणको आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो । विद्यार्थीको शान्तिपुर्ण आन्दोलनलाई क्याम्पसले बेवास्ता गरेकाले अव मैदानमा संयुक्त रुपमा उत्रिएको र आज क्याम्पस प्रमुख, सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270