१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छु । ओली विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।
प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कंञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गर्नुभएको छ ।