अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध

काठमाडौं, २५ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन्..

कोरोना भाइरसका कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको

गृहखबर, २५ चैत्र । कोरोना भाइरस (कोभिड १९)का कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको छ । वल्डोमिटरका अनुसार समाचार तयार पार्दासम्म विश्वमा १३ लाख ७८ हजार ६ सय ७६ जना संक्रमित रहेको छ । विश्वमा कोरोना संक्रमण देखिएपछि पनि २ लाख ९४ हजार ३ सय ५५ जना निको भइसकेको छ । अमेरिका, स्पेन, इटली लगायतका देशहमा संक्रमणको संख्या बढ्दै गएको र मृत्यु समेत दैनिक रुपमा उच्च..

आठ सय विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाको खाद्यन्न राहत

२३ चैत्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा..

माईजोगमाईका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाड्दै

२२ चैत्र, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले गरिव, विपन्न परिवार तथा अशक्त व्यक्तिहरुलाई राहत सामाग्री वितरण गर्न सुरु गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण..

नेपालमा काेराेना संक्रमित थप तीन जना भेटियाे

काठमाण्डाै, २२ चैत्र ।  कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।  संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको..

लकडाउनको बेला क्याम्पस प्रमुखबाट सवारी पासको दुरुपयोग

२१ चैत्र, इलाम । रामप्रसाद गुरागाईं महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका क्याम्पस प्रमुख हुन् । गैरजिम्मेवार अनि फितलो कार्यशैलीको कारण पटक–पटक विवादमा आइरहने क्याम्पस प्रमुख गुरागाईं महामारीको समयमा फेरि एक पटक अख्तियारको दुरुपयोग गरेर चर्चामा आएका छन् । कोरोना भाईरस (COVID-19) को महामारीको कारण सरकारले लकडाउन गरेसँगै यातायात आवागमनको लागि प्रशासनको पास अनिवार्य गरिएपछि क्याम्पसको नाम बेचेर उनले सवारी पासको दुरुपयोग गरेको खुलेको हो । क्याम्पस प्रमुख गुरागाईं आफैंले जिल्ला..

विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले भाेलीदेखि राहत वितरण गर्ने

चुलाचुली, २१ चैत्र । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे प्रभाव सबैतिर बढिरहेकाे छ। जसमा पनि निम्न अाय भएका, दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई परिहेकाे छ । साे कुरालाई मध्यनजर गर्दै चुलाचुली गाउँपालिकाले भाेलि २२ गते देखी गाउँपालिकाका ६ वटै वडाका २ हजार परिवारलाई राहत सामग्री वितरण गर्न लागेकाे गाउँपालिका अध्यक्षका निजि सचिव सञ्जय राईले बताए । गाउँपालिका भरीका प्रत्येक वडाबाट विवरण संकलन गरी दैनिक ज्याला मजदुरी..

कास्कीमा एक व्यक्तिकाे काेराना परीक्षण पाेजेटिभ देखियाे

पाेखरा, २१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । पोखरामा भर्खरै मात्र ल्याब स्थापना भएको हाे । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो,..

नेपालमा थप एक जनामा काेराेना देखियाे, संक्रमित संख्या ६ पुग्याे

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए । उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्। छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी..

प्रधानमन्त्री ओली उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किए

  काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि  अस्पताल भर्ना गरिएकाे थियाे । मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला..