८ बैशाख, काममाण्डौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो रिपोर्ट अनुसार हालसम्म ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ । यता सङ्क्रमितको संख्या भने साढे सात लाखभन्दा बढी रहेको उल्लेख गरिएको छ ।
कोरोना भाइरसको कारण अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरैको मृत्यु भएको जनाईएको छ । उक्त त्थ्याङ् अनुसार मृत्यु भएकामध्ये करिब १४ हजार ५०० व्यक्ति न्यूयोर्क सिटीका रहेका छन् ।
हिजो (आइतवार) मात्र राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका थिए ।
यसैबीच कोरोनाभाइरसको कारण विश्वभरी मृत्यु हुनेको संख्या १ लाख ६५ हजार पुगेको छ । सङ्क्रमित हुनेको संख्या भने २४ लाख नाघेको बताईएको छ ।
कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ भने इटली दोस्रो प्रभावित राष्ट्रकको रुपमा रहेको छ । इटलीमा २३,६६० ले ज्यान गुमाएको बताईएको छ ।