गस्ति र पेट्रोलिङ संगै सचेतना फैलाउदै पेल्टीमारी प्रहरी चौकी

गस्ति र पेट्रोलिङ संगै सचेतना फैलाउदै पेल्टीमारी प्रहरी चौकी

५ बैशाख, इलाम । चुलाचुलीमा प्रहरी चौकी पेल्टीमारीले गस्ति, पेट्रोलिङ संगै विभिन्न कुरिती तथा विकृती विरुद्धका रचनात्मक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सुरु गरेको छ । पछिल्लो समय शुरक्षा अवस्था सामान्य हुँदै गएको चुलाचुलीमा प्रहरीले दैनिक रुपमा गर्ने गस्ति, पेट्रोलिङ बाहेक विभिन्न सामाजिक सचेतनामुलक कार्यहरुलाई पनि निरन्तर रुपमा संञ्चालन गर्न सुरु गरेको हो ।

चुलाचुली ३ मा रहेको प्रहरी चौकी पेल्टीमारीले चालू आर्थिक बर्षको कार्तिक महिना यता लागू औषध न्युनिकरण तथा घरेलु हिंसा न्युनिकरण सम्वन्धी सचेतना कार्यक्रम संञ्चालन गरेको छ । गाउँपालिकामा रहेका जम्मा ६ वटा वडाहरुका मुख्य–मुख्य क्षेत्रहरुमा पुगेर सप्ताहव्यापी रुपमा सो सचेतना मुलक कार्यक्रम संञ्चालन गरिएको प्रहरी चौकी पेल्टीमारीका प्रहरी ईन्चार्ज सही जिवन कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सचेतना मुलक कार्यक्रममा समाजका वुद्धिजिवी, सरोकारवाला, युवा, विद्यार्थी तथा सर्वसाधरणहरुसंग प्रत्यक्ष रुपमा भेटेर अन्तरकृया गरिएको थियो । जसमा सामाजिक कुरिती भनेको के हो ? कसरी हुन्छ ? यसका असरहरु कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने ? दुब्र्यासनी भनेको के हो ? यसका वेफाईदाहरु केके हुन् ? लगायतका विषयमा अन्तरकृया गरिएको प्रहरी ईन्चार्ज कार्कीले बताउनुभयो ।

यसका साथै प्रहरीले लागू औषध तथा घरेलु हिंसा न्युनिकरणका लागी सचेतना फैलाउन सार्वजनिक क्षेत्रहरुमा पोस्टर, पम्प्लेट टास्नुका साथै नागरीकहरुलाई पम्प्लेट वितरण पनि गरेको छ । प्रहरी ईन्चार्ज कार्कीका अनुसार चुलाचुलीका मुख्य चौक, वजार, विद्यालयय तथा मानिसको जम्घट भईरहने क्षेत्रहरुमा पम्प्लेट टाँस गर्नुका साथै वितरण गरिएको छ ।

यसका अलवा प्रहरी चौकी पेल्टीमारीले चालू आर्थिक बर्षको कार्तिक महिना यता चोरीका जम्मा ५ वटा मोटरसाईकल पक्राउ गरेको छ । पक्राउ गरिएका ५ वटा मध्ये ४ वटा मोटरसाईकल भने सवारी धनीलाई जिम्मा लगाईसकिएको प्रहरी ईन्चार्ज कार्कीले बताउनुभयो । यस्तैगरी चुलाचुलीमा कार्तिक महिना यता मात्र लागुऔषध सहित पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँचै जनालाई कानुनी कारवाही लागी जिल्ला प्रहरी कार्यलय इलाममा बुझईएको उहाँले बताउनुभयो । यस्तै प्रहरी चौकी पेल्टीमारीले प्रतिवन्धीत खएर जातको काठ सहित एउटा ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । ट्रयाक्टरमा काठ लुकाएर झापा लाने क्रममा पक्राउ गरिएको प्रहरी ईन्चार्ज कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका चालक सहित ट्रयाक्टरलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यलय इलाममा वुझाईएको बताईएको छ ।

यस्तै कार्तिक महिना यता चुलाचुलीका एक ७८ बर्षिया वृद्धालाई हाड्नाता करणी गरेको आरोपमा चुलाचुली ३ का एक पुरुषलाई पक्राउ गरीएको छ । पक्राउ परेका आरोपितलाई थप कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यलय इलाममा बुझाईएको बताईएको छ ।

हाल विश्व महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न पनि चुलाचुली ३ अवस्थित प्रहरी चौकी पेल्टीमारी तथा चुलाचुली १ स्थित चुलाचुली शशस्त्र प्रहरी वेस क्याम्प कमलले विभिन्न सचेतना मुलक कार्यहरु गरिहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर