झापामा मलको अभाव, उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित

८ बैशाख, झापा । यो बर्ष झापामा युरिया मलको अभाव देखिएको छ । मल सहज रुपमा उपलब्ध नहुदा नसक्दा चैते धान र मकैको उत्पादनमा कमि आउन सक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । चैत्र पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु पर्ने बेला हो । तर मल नै नपाएको किसानहरु गुनासो छ । कम्पनीले मल पर्याप्त मात्रामा उपलब्ध नगराउदाँ पछिल्ला दिनमा मलको अभाव..

आफुलाई जोडेर अनर्गल समाचार लेखेको भन्दै डा. शेरबहादुर पुनको आपत्ति (विज्ञप्ति सहित)

७ बैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सञ्चारमाध्यममा आएको गलत समाचारको खण्डन गर्नुभएको छ । उहाले आफ्नो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले अनर्गल प्रचार गरिदिएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । आइतबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन पुग्नुभएका उहाले विज्ञप्ती निकालेर संञ्चारमाध्यमा आएको समाचारको खण्डन गर्नुभएको हो । डा. पुनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः ‘पछिल्ला दिनमा मसँग..

लकडाउनको २७ औँ दिनः ३१ जना संक्रमित, ३ जना निको भए

७ बैशाख, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको (कोभिड १९)को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन आज २७ औँ दिनमा छ । यसबीचमा गरिएको कोरोना भाइरस संक्रमण परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । त्यसमा संक्रमित मध्ये तीन जना सफल उपचारपछि घर फर्किसकेका छन् । निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक–एक जना महिलाहरु रहेका छन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए..

वीपी प्रतिष्ठान धरानमा कोरोना उपचार केन्द्र युद्धस्तरमा तयार हुँदै

७ बैशाख, सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय आइसोलेसन बेडको कोभिड १९ उपचार केन्द्र युद्धस्तरमा तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ । आउदो बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् । यस्तैगरी भौतिक संरचना पनि धमाधम मर्मत तथा निर्माण भइरहेका छन् । प्रतितष्ठानका नर्सिङ इञ्चार्ज स्माइल शाहका अनुसार सय बेड राख्नलाई पर्याप्त ठाउँ..

बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस मुक्त, डिस्चार्जको तयारी

६ बैशाख, बाग्लुङ । कोरोनाभाइरससंग अस्पतालमा लडीरहेकी बागलुङकी ६५ वर्षीया वृद्धाले भाइरसलाई परास्त गरेकी छिन् । कोरोनाको संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त भएकी छिन् । कोरोना संक्रमणको पुष्टि भए लगत्तै देखी उनि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेकी छिन् । हालै परिक्षण गरिएको उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो । उनमा अस्ति बिहीबार गरिएको तेस्रो रिपोर्ट र आज..

मकैमा फैजि किराको प्रकोप, किसान चिन्तित

६ बैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएपछि किसान चिन्तित बनेका छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले नगरको वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका क्षेत्रमा धेरै असर पुर्याको छ । बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसे असपासका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं. ४ का वडाध्यक्ष डिल्लीकुमार..

नेपालमा एकै दिनमा १४ जना कोरोना संक्रमित भेटीए, संक्रमित संख्या ३० पुग्यो

५ बैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन १४ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । आज उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय व्यक्ति कोरोना संक्रमित पुष्टि भएको आफूलाई जानकारी आएको बताउनुभएको छ । यस्तै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा..

संघिय सरकारको कोरोना कोषमा शीतलनिवासले जम्मा गर्याे ९ करोड ५० लाख

५ बैशख, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा ९ करोड ५० लाख रुपैयाँ जम्मा गरेको छ । आज शुक्रवार राष्ट्रपति कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको संघीय संचित कोषमा ९ करोड ५० लाख रुपैँया जम्मा गरेको हो । कोरोना भाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्ष २०७६/७७ को विभिन्न शीर्षक अन्तर्गतको बजेटबाट सो रकम उपलब्ध गराईएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता..

गस्ति र पेट्रोलिङ संगै सचेतना फैलाउदै पेल्टीमारी प्रहरी चौकी

५ बैशाख, इलाम । चुलाचुलीमा प्रहरी चौकी पेल्टीमारीले गस्ति, पेट्रोलिङ संगै विभिन्न कुरिती तथा विकृती विरुद्धका रचनात्मक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सुरु गरेको छ । पछिल्लो समय शुरक्षा अवस्था सामान्य हुँदै गएको चुलाचुलीमा प्रहरीले दैनिक रुपमा गर्ने गस्ति, पेट्रोलिङ बाहेक विभिन्न सामाजिक सचेतनामुलक कार्यहरुलाई पनि निरन्तर रुपमा संञ्चालन गर्न सुरु गरेको हो । चुलाचुली ३ मा रहेको प्रहरी चौकी पेल्टीमारीले चालू आर्थिक बर्षको कार्तिक महिना यता लागू औषध न्युनिकरण..

झापाका चिया उद्योगहरु वैशाख ७ गतेदेखि खुल्ने

५ बैशाख, झापा । विगत तिन साता देखी जारी लकडाउनले ठप्प भएका झापाका चिया उद्योगहरु आउदो वैशाख ७ गते देखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा हिजो बिहीबार बसेको बैठकबाट जिल्लाका ४ चिया उद्योगहरु खुलाइने सहमति भएको बताईएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको बताईएको छ ।..