प्रदेश–१ को योजना, बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी दिग्दर्शन सार्वजनिक, दश शीर्षका ५ अर्ब बजेट रोक्का

४ बैशाख, मोरङ । प्रदेश नं. १ सरकारले प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी दिग्दर्शन सार्वजनिक गरेको छ । आर्थिक, मामिला तथा योजना मन्त्रालयले तयार पारेको दिग्दर्शन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभएको हो । योजना संकलन, छनौट तथा तर्जुमा गर्ने आधार र त्यसको विधिहरु उल्लेख गरिएको दिग्दर्शन समान र समानुपातिक विकासका लागि महत्वपूर्ण हुने विश्वास अर्थमन्त्रालयको छ । विगतमा योजना छनौट र बजेट विनियोजनका..

कोरोनाको कारण देखाउदै पश्चिम बंगालले गर्यो मेचि नाका सिल, आयात निर्यात पुर्ण रुपमा ठप्प

४ वैशाख, झापा । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको झापाको काकरभिट्टा स्थित मेची भन्सार नाका बन्द गरेको छ । यस संगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पुर्ण रुपमा ठप्प भएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान..

काठमाण्डौँ उपत्यकाबाट हिडेरै घर फर्कने जमात रोकिएन (फोटो फिचर)

३ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संम्भावित संक्रमण रोक्न सरकारले विगत तिन साता देखी देशभरी लकडाउन जारी गरेको छ । विशेषत यसका कारण ज्याला मजदुरी गरेर दैनिक जिविको पार्जन गर्ने मानिसहरु मर्कामा परेका छन् । विभिन्न रोजगारीको शिलशिलामा काठमाण्डौँ उपत्यका आएका मानिसहरु अहिले रोजगारी गुमेको कारण हिड्दैभए पनि घर फर्कन बाध्य बनेका छन् । हेर्नुहोस् तस्विरहरुः      

भोक्राहा गाउपालिकाले अझैसम्म बाढेन राहत, प्रमुख भन्छन्ः “अझै केही दिन लाग्छ”

३ बैशाख, सुनसरी । सुनसरीकोे भोक्राहा गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण गरेको छैन । सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरीकै अधिकाङ्स स्थानिय तहहरुले पहिलो चरणमा राहत वितरण गरीसकेका छन् । तर भोक्राहा गाउपलिकाले एक जना स्थानियलाई पनि राहत बाढ्न सकेको छैन । राहत आएर गोदाममा थन्किएको छ । यता बिपन्न बर्ग भने भोक भोकै..

लकडाउन वैशाख १५ सम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

२ वैशाख, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधि थप गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोली बुधबार सकिँदैछ । तर कोभिड १९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले लकडाउन अवधी वढाउने निर्णय गरेको हो..

लकडाउनका कारण खरबुजा खेती गर्ने कृषकको बिल्लीबाठः “बैँकको ऋण कसरी तिर्ने !”

२ वैशाख, झापा । विश्व महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फलिन नदिन सरकारले जारी गरेको वन्दावन्दीका कारण झापाका दक्षिणी क्षेत्रका खरबुजा खेती गर्देआएका कृषकहरु मारमा परेका छन् । तिन साता देखी लगाईएको वन्दावन्दीका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका गाउँपालिका वडा नं. १ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा..

प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सवै सम्पती प्रतिष्ठानलाई दिने

२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गर्नुभएको छ । उहाँले आफू निकटका नेताहरूलाई यसको जानकारी गराउनुभएको छ । स्रोतका प्रधानमन्त्री ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराउनुभएको हो । प्रतिष्ठानको दर्ता प्रधानमन्त्री हुनु अगाव नै गराएको भएपनि त्यसको जानकारी हालैमात्र उहाँ निकटका नेताहरुलाई गराईएको ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक स्थायी समिति सदस्यले जनाउनुभयो ।..

राष्ट्रपती भण्डारीद्धारा नयाँ बर्षको शुभकामनाः दिगो विकासका लागि अग्रसर हुन देशवासीलाई आव्हान

१ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपालीहरुमा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै समस्त क्षेत्रको विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । आज एक शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा हाल कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट..

प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”

१ वैशाख, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभकामना सन्देश दिनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो समय उल्लासमय हुनुपर्ने भए पनि अहिले नोवेल कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) ः https://www.youtube.com/watch?v=OLcg46M8NFA&feature=emb_title प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (पूर्णपाठ) ः

संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा

३० चैत्र, काठमाडौं । विगत तिन साता देखी जारी लकडाउनका कारण संञ्चारमाध्यमले भोग्नु परेको समस्याको बारेमा सरकार जानकार रहेको अर्थ एंवम् संञ्चार तथा सुचना प्रविधीमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले हाल सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो । आज मिडिया सोसाइटीद्धारा हस्तान्तरीत ज्ञापनपत्र बुुझनुुहुदैं उहाँले जारी लकडाउनका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सघाउने पनि..