७ बैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सञ्चारमाध्यममा आएको गलत समाचारको खण्डन गर्नुभएको छ ।
उहाले आफ्नो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले अनर्गल प्रचार गरिदिएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभएको हो ।
आइतबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन पुग्नुभएका उहाले विज्ञप्ती निकालेर संञ्चारमाध्यमा आएको समाचारको खण्डन गर्नुभएको हो । डा. पुनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः ‘पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’, विप्तिमा उल्लेख छ ‘आज (आइतबार) मलाई कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको थियो ।
उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ को बिषयमा मन्त्रालयले संञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु ।’
मन्त्रालयले पठाएको पत्रः
डा. पुनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर काममा क्रियाशिल रहेको बताउनुभएको छ ।
समाचारको बारेमा खण्डन गर्दे उहाँले मन्त्री र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न तथा नगरिदिनुहुन अनुरोध गर्दे कोभिड–१९ को संक्रमणबाट मुलुकलाई बचाउन आग्रह गर्नुभएको छ ।