लकडाउनको २७ औँ दिनः ३१ जना संक्रमित, ३ जना निको भए

लकडाउनको २७ औँ दिनः ३१ जना संक्रमित, ३ जना निको भए

७ बैशाख, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको (कोभिड १९)को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन आज २७ औँ दिनमा छ । यसबीचमा गरिएको कोरोना भाइरस संक्रमण परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ ।

त्यसमा संक्रमित मध्ये तीन जना सफल उपचारपछि घर फर्किसकेका छन् । निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक–एक जना महिलाहरु रहेका छन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए ।

हालसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म उपत्यकामा मात्र पाँच र उपत्यका बाहिर १ सय १२ जना गरी जम्मा १ सय १७ जना क्वारेन्टाईनमा छन् ।

८ हजारभन्दा बढीमा कोरोनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको उल्लेख गरेको छ । त्यसमा ३१ जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । अहिलेसम्म जम्मा परीक्षण २७ हजार ४ सय ७१ जनाको गरिएकोमा र्यापिड टेस्टको संख्या १९ हजार ४ सय ५४ रहेको मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमै पनि फेला पर्न थालेपछि सरकारले गत चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेको थियो । लकडाउनले नागरिकको दैनिक जनजीवन र सामाजिक क्रियाकलाप भने ठप्प छ ।

अत्यावश्यक काम र सेवाका लागि भने छुट दिइएको छ । सरकारले विहान तीन घन्टाका लागि मात्र अत्यावश्यक सामग्री खरिद गर्न समय दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर