मुख्य समाचार
कोरोनाको कारण त्रसित नहुन मुख्यमन्त्री राईको आग्रहः “सरकारको तयारी राम्रो छ ।”
१४ वैशाख, सुनसरी । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण त्रसित नहुन आग्रह गर्नुभएको छ । प्रदेश–१ मा कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिए पनि सरकारले राम्रो तयारी गरेको हुनाले नआत्तिन तर सचेत हुन आग्रह गर्नुभएको हो । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि सञ्चालनमा आएको कोरोना अस्पतालको निरीक्षण पछि सञ्चारकर्मी संग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश–१ कोरोना भाइरसको केन्द्रको रुपमा देखापरेको..
वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
१४ वैशाख, जनकपुरधाम । पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गृह खबरलाई जानकारी दिनुभयो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत्र ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको..
पश्चिम बंगालमा करिव दुई सय नेपाली अलपत्र, नेपाल ल्याउने तयारी
१४ वैशाख, झापा । नेपालसंग सिमा जोडिएको भारतको पश्चिम बंगालमा लकडाउनका कारण करिव २०० नेपाली अलपत्र परेका छन् । पश्चिम बंगालका गलगलिया, पानीट्याङ्की, नक्सलवाडी लगायतका क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल प्रवेशको प्रतिक्षामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सभापति ढकालका अनुसार कतिपय नेपालीहरु भारतीय क्वारेन्टाइनमा बसेका छन् भने, कतिपय आफन्त र अलपत्र अवस्थामा रहेका छन् । स्वदेश आउनका लागि १५० ले नाम टिपाईसकेका छन्..
राजपा–समाजवादी एकीकरण घोषणाको मसी सुक्न नपाउँदै १० सांसदले पार्टी फुटाउने हल्ला
१३ वैशाख, काठमाडौं । राजपासँग एकीकरण घोषणा गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै समाजवादी पार्टी विभाजित भएको छ । स्रोतका अनुसार समाजवादीका करिब १० जना सांसद्ले पार्टी विभाजनको घोषणा गरेका हुन् । ‘उहाँहरुको एकीकरण घोषणाको कुनै अर्थ छैन । विज्ञप्ति दिएर पार्टी एकीकरण हुँदैन । हामी भोलि संसदीय दल विभाजन गरेर नयाँ दल दर्ता गर्छाैं ।’ तत्कालिन समाजवादी पार्टीका एक सांसद्का भनेका छन् । ति सांसद्का अनुसार समाजवादी र राजपा दुई..
प्रदेशका–१ का मुख्यमन्त्री राई सहित दुई मन्त्री कोरोना प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा
१३ वैशाख, उदयपुर । कोरोना भाइरस संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश–१ का दुई मन्त्री पुगेर अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोरोना संक्रमित क्षेत्रको वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गर्नुभएको होे । मुख्यमन्त्रीसहितको टोली भोजपुरको हतुवागढी गाउँपालिकाको स्थलगत अनुगमन सकेर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको..
आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय
१३ वैशाख, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा वाह्य उडानहरु थप १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबार(आज) बसेको समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य उडानहरु मे १५ तारिख अर्थात जेष्ठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्मका लागि उडानहरु बन्द निर्णय भएको थियो । समन्वय समितिले उडानहरुको सम्वन्धमा निर्णय गरेपनि लक डाउनको विषयमा..
मुख्यमन्त्री राई हेलिकप्टर मार्फत स्वास्थ्य सामाग्री लिएर निर्वाचन क्षेत्र जानुहुँदै
१३ वैशाख, विराटनगर । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको हतुवागढीमा कोरोना भाइरसको संक्रमित एक व्यक्ति फेलापरेपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई हेली हेलिकप्टर मार्फत स्वास्थ्य सामाग्री लिएर सो क्षेत्र प्रस्थान गर्नुहुने भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र चिकित्सकहरुको टोली सो क्षेत्रमा प्रस्थान गर्ने बताईएको छ । हतुवागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम..
इलामेलीहरुलाई गृहजिल्ला नल्याइने, तर यथास्थानमा राहतको व्यवस्थापन गरिने
१३ वैशाख, झापा । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमण जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउनका कारण काठमाण्डौँ लगायत विभिन्न स्थानमा रहेका इलामेलीहरु गृह जिल्ला फर्कन नपाउने भएका छन् । केही जिल्लाहरुले आफना नागरिक घर फर्काइरहेको बेला इलामेलीहरु भने आफ्नो जिल्ला आउन नपाउने भएका हुन् । रोजगारीका लागि गएका नागरीकहरु इलाम फर्कदा चाप बढि भई लकडाउनको प्रभावकारिता नहुने भएकाले जिल्ला फर्काउन नसकिने निर्णय भएको जिल्ला समन्वय समिती..
दमकमा उच्च शुरक्षा सतर्कता, संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोजिदै
१३ वैशाख, झापा । झापा दमकका एक ६३ बर्षिय बृद्धमा कोरोना भइरस संक्रमणको पुष्टि भए संगै शुरक्षा सतर्कता बढाईएको छ । संक्रमित वृद्धको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई समेत तिव्र पारिएको छ । ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै आफुहरु पनि लागि परेको दमकका जनप्रतिनिधीले बताएका छन् । दमक वडा नं. ३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । ‘हामीले..
झापा दमकका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
१२ वैशाख, झापा । झापा दमकका एक जना बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमकका ६२ वर्षीय बृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हाल संक्रमित व्यक्तिलाई आईसोलेसनमा राखेर उपचार..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७