वैशाख २५ सम्मका लागि लकडाउन थप्ने निर्णय

१४ वैशाख, काठमाण्डौँ । लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन मात्र बाँकी रहँदा लकडाउनको अवधि १० दिन लागी पुनः थपिएको छ । सरकारले गत चैत्र ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत्र २५..

झापामा थप एक जनामा भेटियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो

१४ वैशाख, झापा । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो..

जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव

१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो । जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह..

समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी

१४ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले नव–गठित जनता समाजवादी पार्टी (जसपा)नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । तत्कालिन युवा संघ नेपालका कोषाध्यक्ष समेत रहेका हाल युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । उनको निवेदनमा भनिएको छः “दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको..

अपहरणको किटानी जाहेरी दिन जसपाका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा (फोटो हेर्नुहोस्)

१४ वैशाख, काठमाण्डौँ । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न नव गठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका हुन् । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु प्रहरी परिसर पुगेका छन् । अपहरणमा परेका भनिएका तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवका अलावा नव गठित जनता समाजवादी..

कोरोनाको कारण त्रसित नहुन मुख्यमन्त्री राईको आग्रहः “सरकारको तयारी राम्रो छ ।”

१४ वैशाख, सुनसरी । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण त्रसित नहुन आग्रह गर्नुभएको छ । प्रदेश–१ मा कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिए पनि सरकारले राम्रो तयारी गरेको हुनाले नआत्तिन तर सचेत हुन आग्रह गर्नुभएको हो । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि सञ्चालनमा आएको कोरोना अस्पतालको निरीक्षण पछि सञ्चारकर्मी संग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश–१ कोरोना भाइरसको केन्द्रको रुपमा देखापरेको..

वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

१४ वैशाख, जनकपुरधाम । पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गृह खबरलाई जानकारी दिनुभयो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत्र ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको..

पश्चिम बंगालमा करिव दुई सय नेपाली अलपत्र, नेपाल ल्याउने तयारी

१४ वैशाख, झापा । नेपालसंग सिमा जोडिएको भारतको पश्चिम बंगालमा लकडाउनका कारण करिव २०० नेपाली अलपत्र परेका छन् । पश्चिम बंगालका गलगलिया, पानीट्याङ्की, नक्सलवाडी लगायतका क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल प्रवेशको प्रतिक्षामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सभापति ढकालका अनुसार कतिपय नेपालीहरु भारतीय क्वारेन्टाइनमा बसेका छन् भने, कतिपय आफन्त र अलपत्र अवस्थामा रहेका छन् । स्वदेश आउनका लागि १५० ले नाम टिपाईसकेका छन्..

राजपा–समाजवादी एकीकरण घोषणाको मसी सुक्न नपाउँदै १० सांसदले पार्टी फुटाउने हल्ला

१३ वैशाख, काठमाडौं । राजपासँग एकीकरण घोषणा गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै समाजवादी पार्टी विभाजित भएको छ । स्रोतका अनुसार समाजवादीका करिब १० जना सांसद्ले पार्टी विभाजनको घोषणा गरेका हुन् । ‘उहाँहरुको एकीकरण घोषणाको कुनै अर्थ छैन । विज्ञप्ति दिएर पार्टी एकीकरण हुँदैन । हामी भोलि संसदीय दल विभाजन गरेर नयाँ दल दर्ता गर्छाैं ।’ तत्कालिन समाजवादी पार्टीका एक सांसद्का भनेका छन् । ति सांसद्का अनुसार समाजवादी र राजपा दुई..

प्रदेशका–१ का मुख्यमन्त्री राई सहित दुई मन्त्री कोरोना प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा

१३ वैशाख, उदयपुर । कोरोना भाइरस संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश–१ का दुई मन्त्री पुगेर अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोरोना संक्रमित क्षेत्रको वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गर्नुभएको होे । मुख्यमन्त्रीसहितको टोली भोजपुरको हतुवागढी गाउँपालिकाको स्थलगत अनुगमन सकेर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको..