नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

८ बैशाख, काठमाडौं । आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको हो । आकस्मिक रुपमा बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई वटा अध्यादेशका बारेमा विभिन्न कोणबाट गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा नेताहरुले आ–आफ्नो..

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

८ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा दुई वटा अध्यादेश संसोधन गर्ने सम्वन्धमा निर्णय भएको थियो । सोही निर्णयलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार (आज) नै अध्यादेश जारी गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ..

पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

८ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको बताईएको छ । संविधानको वर्तमान कानुनमा राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवै तर्फ ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था रहेको छ । तर अव यस अध्यादेश कार्यन्वयनमा आएपछि केन्द्रीय समिति या संसदीय..

इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु

८ बैशाख, इलाम । प्रदेश नम्वर एकमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला पर्न थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल सुरु भएको छ । जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमा ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणका लागि पहल सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन निर्माण गर्न तथा बेडको क्षमता बढाउन निर्देशन दिएको छ । जस..

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार पुग्यो

८ बैशाख, काममाण्डौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो रिपोर्ट अनुसार हालसम्म ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ । यता सङ्क्रमितको संख्या भने साढे सात लाखभन्दा बढी रहेको उल्लेख गरिएको छ । कोरोना भाइरसको कारण अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरैको मृत्यु भएको जनाईएको छ । उक्त त्थ्याङ् अनुसार मृत्यु..

झापामा मलको अभाव, उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित

८ बैशाख, झापा । यो बर्ष झापामा युरिया मलको अभाव देखिएको छ । मल सहज रुपमा उपलब्ध नहुदा नसक्दा चैते धान र मकैको उत्पादनमा कमि आउन सक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । चैत्र पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु पर्ने बेला हो । तर मल नै नपाएको किसानहरु गुनासो छ । कम्पनीले मल पर्याप्त मात्रामा उपलब्ध नगराउदाँ पछिल्ला दिनमा मलको अभाव..

आफुलाई जोडेर अनर्गल समाचार लेखेको भन्दै डा. शेरबहादुर पुनको आपत्ति (विज्ञप्ति सहित)

७ बैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सञ्चारमाध्यममा आएको गलत समाचारको खण्डन गर्नुभएको छ । उहाले आफ्नो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले अनर्गल प्रचार गरिदिएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । आइतबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन पुग्नुभएका उहाले विज्ञप्ती निकालेर संञ्चारमाध्यमा आएको समाचारको खण्डन गर्नुभएको हो । डा. पुनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः ‘पछिल्ला दिनमा मसँग..

लकडाउनको २७ औँ दिनः ३१ जना संक्रमित, ३ जना निको भए

७ बैशाख, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको (कोभिड १९)को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन आज २७ औँ दिनमा छ । यसबीचमा गरिएको कोरोना भाइरस संक्रमण परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । त्यसमा संक्रमित मध्ये तीन जना सफल उपचारपछि घर फर्किसकेका छन् । निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक–एक जना महिलाहरु रहेका छन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए..

वीपी प्रतिष्ठान धरानमा कोरोना उपचार केन्द्र युद्धस्तरमा तयार हुँदै

७ बैशाख, सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय आइसोलेसन बेडको कोभिड १९ उपचार केन्द्र युद्धस्तरमा तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ । आउदो बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् । यस्तैगरी भौतिक संरचना पनि धमाधम मर्मत तथा निर्माण भइरहेका छन् । प्रतितष्ठानका नर्सिङ इञ्चार्ज स्माइल शाहका अनुसार सय बेड राख्नलाई पर्याप्त ठाउँ..

बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस मुक्त, डिस्चार्जको तयारी

६ बैशाख, बाग्लुङ । कोरोनाभाइरससंग अस्पतालमा लडीरहेकी बागलुङकी ६५ वर्षीया वृद्धाले भाइरसलाई परास्त गरेकी छिन् । कोरोनाको संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त भएकी छिन् । कोरोना संक्रमणको पुष्टि भए लगत्तै देखी उनि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेकी छिन् । हालै परिक्षण गरिएको उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो । उनमा अस्ति बिहीबार गरिएको तेस्रो रिपोर्ट र आज..