‘लकडाउन’का कारण झापामा दुई करोड मुल्य बराबरको च्याउमा क्षति

‘लकडाउन’का कारण झापामा दुई करोड मुल्य बराबरको च्याउमा क्षति

१७ वैशाख, झापा । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न जारी गरिएको लकडाउनका कारण गएको एक महिनाको अवधिमा झापामा करिव २ करोड मुल्य बराबरको च्याउ नोक्सानी भएको च्याउ उत्पादक किसान संघले जनाएको छ ।

विगत १ महतिना देखी जारी लकडाउनका कारण जिल्ला भित्र व्यवसायिक रुपमा सञ्चालन गरिआएका च्याउ उद्योगका किसानले वजारसम्म आप्mना उत्पादन पुर्याउन नसक्दा करिव २ करोड मुल्य बराबरको नोक्सानी व्यहोर्नु परेको संघका जिल्ला संयोजक ज्ञानेन्द्र प्रसाद गौतमले वताउनुभयो । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा एक सय बढी किसानले व्यवसायिक रुपमा च्याउ खेती गर्दे आएका छन् ।

संघले माइपूर्व र माइपश्चिम क्षेत्रका किसानहरुका च्याउ फार्ममा गरेको प्रारम्भिक अनुगमन पछि सो क्षतिको अनुमानित विवरण सार्वजनिक गरेको हो । साथै सो विवरण संघको केन्द्रीय कार्यालयमा समेत पठाईएको उहाँले वताउनुभयो ।

संघका अनुसार माइपश्चिमका गौरादह–९ स्थित पुष्पा च्याउ उद्योगको करिव ५ लाख, नमुना च्याउ उद्योगको करिव ५ लाख, सिता च्याउ उद्योगको करिव ६ लाख, कुलश च्याँउ उद्योगको करिव ५ लाख, ढुंगाना च्याउ उद्योगको करिव १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको करिव ५÷५ लाख मुल्य बराबरको च्याउमा नोक्सानी व्यहोर्नुपरेको विवरणमा उल्लेख गरिएको छ । यस्तै कमल गाँउपालिकाका विभिन्न च्याउ किसानका करिव ३० लाख, शिवसताक्षीका किसानको करिव ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिव ४० लाखको च्याउ नोक्सान भएको संयोजक गौतमले बताउनुभयो ।

आफूहरुले उत्पादन गरेका च्याउ लकडाउनका कारण जिल्ला बाहिरका ठुला वजारसम्म पुर्याउन नसकेको किसानहरु बताउछन् । हाटवजार, पसल तथा यायातातका सवारीसाधन वन्द हुदाँ दैनिक उत्पादन हुने ठुलो परिणामको च्याउमा ठुलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउनुहुन्छ । लकडाउनबाट प्रभावित जिल्लाका च्याउ किसानले लकडाउन लम्बिदै गएपछि उद्योग धरायसी बन्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर