ओली सरकार जोगाउन चिनको बलियो समर्थन

ओली सरकार जोगाउन चिनको बलियो समर्थन

१६ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको बेला चिनिया राष्ट्रपति सी जिनपिङले ओली सरकारलाई जोगाउन चिनको बलियो समर्थन रहेको विश्वास व्यक्त गरेको उच्च स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो । कुराकानीमा चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले ओली सरकारमाथि देखिएको चुनौतीबारे छलफल गर्नुभएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले ओली सरकार जोगाउन चीनको साथ र सहयोगको आग्रह गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार चीनबाट ओलीलाई अझ बलियो साथ मिल्ने आवश्वासन आएको छ ।

कुराकानीमा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेको परराष्ट्र मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओली मृर्ग ौ ला प्रत्यारोपणपछि सामान्य काममा फर्किएकोमा खुशी व्यक्त गरिएको उल्लेख छ ।

दुई देशका राष्ट्रपतिबीचको वार्तामा प्रधानमन्त्री ओलीको विषयमा समेत कुराकानी भएको प्रेस विज्ञप्तिमा राखिनु आफैमा एउटा सन्देश हो । अहिले नेकपा भित्रको शक्ति संघर्षका कारण ओलीको सत्ता संकट गहिरिदै जाँदा उनलाई चीनको दरिलो साथ रहेको सन्देश दिन खोजिएको छ । राष्ट्रपति सीले ओलीको स्वास्थ्य राम्रो होस् भनी शुभकामना गर्दै खुशी व्यक्त गरिएको भनिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर