नेकपाको आज ७१औँ स्थापना दिवस, पार्टी अध्यक्ष ओलीद्वारा शुभकामना वक्तव्य

१० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना दिवसको अवशरमा शुभकामना दिनुभएको छ । नेकपाको स्थापना दिवशसंगै लेनिन जयन्तीका अवसरमा उहाँले वक्तव्य जारी गर्नुहुँदै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनुभएको हो । उहाँले पार्टीको ७१ औँ स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले..

उदयपुर जिल्लालाई पुर्ण रुपमा सिल गर्ने प्रदेश–१ सरकारको निर्णय

९ बैशाख, विराटनगर । प्रदेश नं. १ सरकारले उदयपुर जिल्लालाई पुर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । एकैदिनमा उदयपुरका ९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेलापरेपछि प्रदेश सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको हो । जिल्लामा आवतजावत पुर्ण रुपले बन्द गर्ने प्रदेश सरकारले निर्णय गरेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका बताउनुभयो । “जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको हो ।”..

उदयपुरका थप ८ जनामा कारोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो

९ वैशाख, उदयपुर । उदयपुरका थप ८ जनामा व्यक्तिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको शंकास्प व्यक्तिहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यापमा परीक्षणकालागि लगिएको थियो । परिक्षणमा आठै जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या अब ४० पुगेको छ । संक्रमित..

भारतसंग सिमा जोडिएको प्रदेश–१ का सीमा क्षेत्रमा १ हजार ९४६ प्रहरी परिचालन

९ वैशाख, सुनसरी । प्रदेश प्रहरी कार्यलय प्रदेश नं. १ ले भारत संग सिमा जोडिएको प्रदेशको २ सय ९६ किलोमिटर सीमा क्षेत्रमा कडाई गरेको छ । सयका साथै प्रदेशमा रहेका ४ सय ६० मस्जिद र मदरसाहरूमा निगरानी बढाइएको बताएको छ । प्रदेश नं. १ को भारतसँग सिमाना जोडिएको क्षेत्रहरुमा १ हजार ९ सय ४६ जना सशस्त्र जवान र जनपथ प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको..

समाजवादी पार्टी फुटको संघारमा, दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव

९ बैशाख, काठमाडौं । हिजोमात्र बसेको मन्त्रित्रपरिषद् बैठकले दल विभाजन गरेर नयाँ दल दर्ता गर्र्न केन्द्रीय समिति र संसदीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने कानुन संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि मन्त्रिपरिषद्ले राष्ट्रपति सममक्ष सो अध्यादेश प्रमाणीकरणकालागि सिफारीस गरेको थियो । मन्त्रिपरिषद्को सिफारीसको आधारमा राष्ट्रपतीले हिजो नै सो अध्यादेश प्रमाणीकरण जारी गर्नुभएको छ । केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत मत पुगे दल..

नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

८ बैशाख, काठमाडौं । आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको हो । आकस्मिक रुपमा बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई वटा अध्यादेशका बारेमा विभिन्न कोणबाट गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा नेताहरुले आ–आफ्नो..

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

८ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा दुई वटा अध्यादेश संसोधन गर्ने सम्वन्धमा निर्णय भएको थियो । सोही निर्णयलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार (आज) नै अध्यादेश जारी गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ..

पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

८ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको बताईएको छ । संविधानको वर्तमान कानुनमा राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवै तर्फ ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था रहेको छ । तर अव यस अध्यादेश कार्यन्वयनमा आएपछि केन्द्रीय समिति या संसदीय..

इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु

८ बैशाख, इलाम । प्रदेश नम्वर एकमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला पर्न थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल सुरु भएको छ । जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमा ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणका लागि पहल सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन निर्माण गर्न तथा बेडको क्षमता बढाउन निर्देशन दिएको छ । जस..

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार पुग्यो

८ बैशाख, काममाण्डौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो रिपोर्ट अनुसार हालसम्म ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ । यता सङ्क्रमितको संख्या भने साढे सात लाखभन्दा बढी रहेको उल्लेख गरिएको छ । कोरोना भाइरसको कारण अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरैको मृत्यु भएको जनाईएको छ । उक्त त्थ्याङ् अनुसार मृत्यु..