प्रदेश–१ मा ५ हजार ८ सय ९ जनाको कोरोना परिक्षण

१६ वैशाख, सुनसरी । प्रदेश–१ मा जम्मा ५ हजार ८ सय ९ जनाको कोरोना परिक्षण भएको छ । सोमबारसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थित कोरोना सूचना डेस्कले गृह खबरलाई जानकारी दिएको छ ।

आरडिटी विधिबाट प्रदेश–१ मा कूल ४ हजार ८ सय २८ जनाको कोरोना परीक्षण भएको र पिसिआर विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको डेस्कले जनाएको छ ।

त्यसमध्ये प्रदेश–१ मा ३१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या सोमबारसम्म २ हजार ९२ जना पुगेको डेस्कले जनाएको छ ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270